पुनः मतगणना हुँदा वडाध्यक्षमा मल्ल एक मतले विजयी

पुनः मतगणना हुँदा वडाध्यक्षमा मल्ल एक मतले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा रजबहादुर मल्ल पुनः एक मतले विजयी हुनुभएको छ । स्थानीय तहको निर्वाचन २०७४ जेठ ५ गते भएको मतगणनामा मल्लका प्रतिद्वन्द्वी दीपक कार्कीले मतगणना चित्त नबुझेको भन्दै अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

नेकपा एमालेको सूर्य चिह्नबाट विजयी हुनुभएका मल्लले कूल खसेको २९६ मतमध्ये १४२ मत पाउनुभएको थियो भने माओवादीको हँसिया हतौडा चिह्नबाट निर्वाचनमा लड्नुभएका कार्कीले १४१ मत पाउनुभएको थियो । कार्कीले मतपरिमाण चित्त नबुझेको भन्दै जिल्ला अदालत कालीकोटमा मुद्दा दायर गर्नुभएको थियो । जिल्ला अदालत कालीकोटले मल्लको पक्षमा नै फैसला गरेपछि कार्कीले उच्च अदालत जुम्लामा मुद्दा दायर गर्नुभएको थियो ।

जिल्ला अदालत कालीकोटले सोही गणनालाई सदर गर्ने फैसला गरेको भए पनि उच्च अदालत जुम्लाले पुनः मतगणना गर्न आदेश दिएको र आज पुनः मतगणना गर्दा मल्ल एक मतले विजयी भएको जिल्ला निर्वाचन कार्यालय कालीकोटका प्रमुख धनबहादुर मल्लले बताउनुभयो । मत गणनामा १३ मत बदर भएको पुनः मतगणना हुँदा दलित महिलातर्फको उम्मेदवार रहनुभएकी कुजी विकले पहिलोको भन्दा एक मत बढी पाएको कार्यालयका प्रमुख मल्लले जानकारी दिनुभयो । “विकले पहिले मत गणना हुँदा १३७ मत पाउनुभएको थियो । अहिलेको गणनामा थप एक मत पाएर १३८ मत पुगेको छ ।” उहाँले भन्नुभयो, “माओवादी केन्द्रकी दलित महिलातर्फको उम्मेदवार दाना विकले १३५ मत पाउनुभएको छ ।” स्थानीय निर्वाचन भएको झण्डै पाँच वर्ष पुग्न लाग्दा पुनः मत गणना गरिएको हो ।

यो पनि – अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी पुस २ देखि आयोजना हुने

उद्योग सङ्घ चितवन र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा यहाँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी पुस २ देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौँ संस्करण हो ।

सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनीमा भारतका ५० स्टलसहित २०० स्टल रहने छन् । ३० प्रतिशत स्टल अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनको रहने छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण शिथिल बनेको उद्योग व्यवसायको प्रवद्र्वन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रदर्शनी सम्पन्न गर्न रु दुई करोड ५० लाख हाराहारी खर्च हुने भन्दै संस्थागत रुपमा बचत रकम भने न्यून रहने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “प्रदर्शनी नाफाको लागि भन्दा पनि देशको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागेका हौँ ।” यसबाट चितवन उद्योग सङ्घलाई भन्दा पनि यहाँका अन्य आर्थिक क्षेत्रलाई मद्दत पुग्ने उहाँको भनाइ छ । यसपटकको प्रदर्शनीबाट रु पाँच देखि सात लाखसम्म मात्र बचत हुने अनुमान गरिएको छ ।

प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमी, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादक, आधुनिक औद्योगिक प्रविधिबारे जानकारी राख्न इच्छुक उद्योग तथा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले अवलोकन गर्ने बताइएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण चीन, मलेसियाजस्ता देशबाट आउने प्रदर्शकहरु यसपटक आउन नसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

सङ्घका उपाध्यक्ष एवं प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक सूर्यप्रसाद न्यौपानेले उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउन र विश्व बजारका नवीनतम् प्रविधिको अनुशरणमार्फत औद्योगिक उत्पादकत्व वृद्धिसहित दिगो उद्यमशीलताका लागि उपयुक्त माध्यम बन्ने बताउनुभयो । यसले स्वदेशी तथा विदेशी उद्योगी, व्यवसायीबीच भेटघाट तथा छलफल गर्नमा पनि सहयोग पुग्ने उहाँको भनाइ थियो । भारतको च्याम्बर अफ कर्मसका प्रतिनिधिहरु समेत प्रदर्शनीमा सहभागी हुने कार्यक्रममा जानकारी गराइयो । सो अबसरमा सङ्घका गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहठ्ठाले प्रदर्शनीको महत्वका बारेमा जानकारी गराउनुभयो ।