जनप्रगतीशील मञ्च जापानको अध्यक्षमा भवानी पन्त

जनप्रगतीशील मञ्च जापानको अध्यक्षमा भवानी पन्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनप्रगतिशील मञ्च जापानको आठौँ अधिवेशनबाट अध्यक्षमा भवानी पन्त निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशसनबाट रामहरि पुडाशैनी इञ्चार्जमा चुनिनुभएको छ । मञ्चका वरिष्ठ उपाध्यक्षमा मोहन पौडेल, उपाध्यक्षमा श्यामहरि पाण्डे, जनक सुवेदी, श्रवण सत्याल, आरएच गौतम र नवराज गौतम निर्वाचित हुनुभएको छ ।

त्यसैगरी महासचिवमा बाबुराम पौडेल, उपमहासचिव दावा शेर्पा, रामकृष्ण भण्डारी र शिबु थापा निर्वाचित हुनुभएको छ । सचिवमा खगराज गौतम, अर्जुन अंगाई, गौरी शङ्कर गैरे, बेनुका खड्का र मुना सुनार तथा कोषाध्यक्षमा भुवन हुमागार्इँ, सहकोषाध्यक्षमा गौरी शङ्कर सापकोटा र धु्रव अधिकारी निर्वाचित हुनुभएको छ ।

मञ्चको सदस्यमा राजन पन्त, शिशिर न्यौपाने, मदन थापा, डिलाराम निउरे, कान्छामान मोक्तान सागर, विनोद राई, रामबहादुर खत्री, बलराम थिङ, पेमा लामा, केशव भट्टराई, श्याम गिरी, ममिता मोक्तान, गिरबहादुर तामाङ, भरत अर्याल, राजन गौतम, पवन अधिकारी, प्रमिला राई, राजु भण्डारी, सचिन नेपाल, प्रकाश सापकोटा, बच्चुराम अर्याल, कर्साङ तामाङ, ज्ञानम रुम्बा, बालविक्रम तिगेला, जीवन पोखरेल र राज पुरी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कालिका थापाको अध्यक्षतामा तीन सदस्यीय लेखा, अनुशासन तथा अनुगमन आयोगको नयाँ कार्यसमिति चयन भएको छ । आयोगको सदस्यमा अर्जुन ढकाल र सन्देश पोखरेल रहनुभएको छ । टोकियोमा सम्पन्न अधिवेशनलाई भर्चुअलका माध्यमबाट सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र प्रवास समन्वय समितिका अध्यक्षले ओम शर्मालागायतका नेताले शुभकामना दिनुभएको थियो ।

उहाँहरूले प्रवासमा रहेका नेपालीको हकहितको आवाजलाई बुलन्द पार्दै जापानमा सङ्गठन हाँक्न सक्ने नेत्तृत्व चयन गर्न सुजाव दिनुभएको थियो । सो अवसरमा समितिका अध्यक्ष शर्माले गुटबाद, व्यक्तिवाद, भ्रष्टाचार अन्त्य गर्दै समाजवादको यात्रा तयार गर्नुपर्नेमा जोड दिनुभयो ।