सशस्त्रका एसएसपीलाई दज्र्यानी चिह्न प्रदान

सशस्त्रका एसएसपीलाई दज्र्यानी चिह्न प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा हुनुभएका ११ अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उहाँहरुलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । गृहमन्त्रीस्तरको यही मङ्सिर १३ को निर्णयले ११ जना प्रहरी उपरीक्षक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा हुनुभएको थियो । सोही क्रममा गृहसचिवस्तरको यही १९ गतेको निर्णयले एक जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका अधिकृतलाई समेत आजै दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नति वृत्तिविकासको महत्वपूर्ण पाटोका रूपमा रहेको चर्चा गर्दै उहाँहरुले राज्य र सङ्गठनमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले बढुवा हुनुभएका अधिकृतलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतिसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पूरा गर्न पूर्णव्यावसायिक हुन निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीले व्यक्तिगत स्वार्थलाई थाँती राख्दै सामूहिक भावनाका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा क्रियाशील रहनुपर्ने बताउनुभयो । राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संस्कारमा रहेर आफू मातहतकालाई समेत मार्गदर्शन गर्दै नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा क्रियाशील रहन पनि उहाँले निर्देशन दिनुभयो ।

यो पनि – उच्च र जिल्ला अदालतमा माघ २ देखि गोलाप्रक्रियाबाट पेसी

सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले उच्च र जिल्ला अदालतमा आगामी माघ २ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले उक्त प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न उच्च र जिल्ला अदालतको नियमावली संशोधन र निर्देशिका तयार गर्ने निर्णयसमेत गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठकले आगामी माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा गोलाप्रक्रिया प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको छ र त्यसका लागि नियमावली संशोधन गर्ने र निर्देशिका र मस्यौदा तयारी गरी पूर्ण बैठकमा पेस गर्न सर्वोच्च प्रशासनमा निर्देशन दिने निर्णय भएको छ । सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदनले अदालतमा भइरहेका विकृतिविसङ्गति हटाउन गोलाप्रक्रियाबाट पेसी तोक्न सुझाव दिएको थियो ।

यो पनि – नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा ५० प्रतिशत छुट प्याकेज सार्वजनिक

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आफ्ना नागरिकका लागि उपचारमा ५० प्रतिशतसम्मको विशेष छुट प्याकेज सार्वजनिक गरेको छ । अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले अस्पतालमा बीमा सेवा बन्द भएकाले आफ्ना नगरवासीका लागि उपचारमा ५० प्रतिशतसम्म छुटको प्याकेज ल्याएको बताउनुभएको हो ।

“बीमाको रकम नदिएपछि बन्द भएको बीमा सेवाका कारण नगरवासीलाई समस्या परेको हामीले महसुस गरेका छाँँै, त्यसैले मध्यपुरथिमिका बासिन्दालाई टिकटदेखि उपचारसम्म विशेष छुटको प्याकेज ल्याएका हौँ”, उहाँले भन्नुभयो, “मध्यपुरथिमिवासी ८० वर्ष नाघेकालाई ५० प्रतिशत, ७० वर्ष नाघेकालाई २५ प्रतिशत र त्यसभन्दा तल उमेरकालाई स्वास्थ्य सेवामा १० प्रतिशत छुट दिने निर्णय गरेका छौँ ।” अस्पतालले विशेष छुट प्याकेज भोलि पुस १ गतेदेखि नै लागू गर्ने भएको छ ।

टिकटमा समेत छुट दिने व्यवस्था गरेको भन्दै उहाँले विगतमा बिरामीले नयाँ टिकट लिन रु ४०० लाग्नेमा त्यसलाई घटाएर भोलि १ गतेदेखि रु १२५ कायम गरिएको र पुरानो कार्ड भएकालाई रु ७५ मात्रै शुल्क निर्धारण गरिएको बताउनुभयो । स्वास्थ्य बीमा बोर्डबाट रु नौ करोडको भुक्तानी लिन बाँकी भएपछि अस्पतालले गत असोज २९ गतेदेखि बीमा सेवा बन्द गरेको थियो । बीमा बोर्डमा पटकपटक ताकेता गर्दा बल्ल रु तीन करोड निकासा भए पनि अस्पतालले अझै रु छ करोड पाउनुपर्ने रकम नपाउँदा बीमा सेवा पुनः सुरु गर्न सकेको छैन । अस्पतालले पुनः स्वास्थ्य बीमा सेवा सुरु नगरेसम्म आज घोषणा गरिएको विशेष छुट प्याकेजलाई यथावत् राख्ने भएको छ ।

त्यसैगरी अस्पातालले बिहान र अपराह्न सुविधायुक्त सेवा लिन प्राइभेट सेवासमेत सञ्चालनमा ल्याएको छ । पछिल्लो समय बिहान र दिउँसो ३ बजेपछि अधिकांश सरकारी अस्पतालले निजी क्लिनिक सञ्चालन गर्दै आए पनि यस अस्पतालले भने भोलिदेखि मात्रै निजी स्वास्थ्य सेवासमेत दिने भएको छ ।

यसका लागि अस्पतालले बिहान ८ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म्म निजी स्वास्थ्य अर्थात प्राइभेट सेवाका लागि नयाँ बिरामीको नाम दर्ताका लागि रु ४५० र पुरानो नाम दर्ताका लागि रु ४०० शुल्कमा टिकट लिएर ओपिडी सेवा लिन सक्ने व्यवस्था गरेको अस्पतालका निर्देशक डा ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा अस्पतालका उपनिर्देशक डा सम्पूर्णमान तुलाधरले अस्पतालले दिने सेवा सुविधामा अझै गुणस्तर वृद्धि गरेको जानकारी दिँदै निजी अस्पतालभन्दा धेरै सस्तो र सुलभ तथा गुणस्तरीय सेवा अस्पतालले सञ्चालन गरेको बताउनुभयो ।