अवाञ्छित गतिविधि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी

अवाञ्छित गतिविधि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालका पदाधिकारीबाट बुधबार अपराह्न ज्ञापनपत्र लिएपछि उहाँले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य भएको बताउनुभयो । मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै माथि राज्यले कानूनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने दृढता व्यक्त गर्दै वैदेशिक रोजगारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्ने छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको जानकारी गराउनुभयो ।

उहाँले वैदेशिक रोगजारीमा रहेका बेथिति रोक्ने, नयाँ प्रणाली स्थापित गर्ने, सुरक्षित र व्यवस्थित बनाउने आफ्नो योजनामा सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । मन्त्रालयका सचिव एकनारायण अर्यालले सरोकारवाला सबै पक्षको संयुक्त पहलबाट वैदेशिक रोजगारीका चुनौती समाधान गर्न सकिने बताउनुभयो । सचिव अर्यालले वैदेशिक रोजगारीका क्रममा हुने विकृति, विसङ्गति र गैरकानूनी कामहरुलाई नियन्त्रण गर्न वैदेशिक रोजगार प्रहरी गठन गर्ने योजना रहेको बताउनुभयो ।

यो पनि – कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी स्थानान्तरण

जिल्ला कारागारबाट २८ कैदीबन्दीलाई बुधबार स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो । कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० लाई कैलाली, १० लाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ ।

“कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं”, उहाँले भन्नुभयो, “टिनसेट, त्रिपाल र बरण्डामा राखिएका कैदीबन्दीलाई बस्नै अप्ठेरो भयो, त्यही भएर अन्यत्र पठाएका हौं ।” कारागारमा ९५ पुरुष कैदीबन्दी र २० महिला राख्ने क्षमता छ । कारागारमा क्षमताभन्दा बढी ४२५ कैदीबन्दीलाई राखिएको छ ।

स्थानान्तरण गरिएका कैदीबन्दीमा लागूऔषध, मानव बेचबिखन र सवारी ज्यान मुद्धामा सजाय भोगिरहेका रहेका छन । सुत्नका लागि ठाउँ अभाव हुँदा कैदीबन्दीले अनिदोमै रात काटनु पर्ने अवस्थासमेत रहेको छ । कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा रहेका छन् । शौचालय जानका लागि समेत लाईनमै बस्नु पर्दा निकै सास्ती खेप्नु परेको कैदी बन्दीले बताएका छन् । कैदी बन्दीको सङ्ख्या अधिक हँुदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको कारागारका जेलर थापाले बताउनुभयो ।