झापाको दुर्गापुरमा मोटरसाइकल एकापसमा ठक्कर ठोक्किदा दुईको मृत्यु

झापाको दुर्गापुरमा मोटरसाइकल एकापसमा ठक्कर ठोक्किदा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका करिब ३५÷४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । कनकाई–७ दुर्गापुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे७प २८४६ नम्बरको मोटरसाइकल बुधबार राति एकापसमा ठक्कर खाएको उहाँले बताउनुभयो ।

दुर्घटनाबाट गम्भीर घाइते उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकामा उनीहरुको उपचारकै क्रममा मृत्यु भएको थियो । मृतकलाई अस्पतालमै राखिएको छ भने मोरसाइकल, बस र चालक इलाम चुलाचुली गाउँपालिका–२ का ३१ वर्षीय सरोज ढकाल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यो पनि – हतियार प्रहारबाट एकको मृत्यु

झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको प्रनाउ कार्कीले बताउनुभयो । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।