सर्लाहीमा आगोले जलेर २ छोरी र आमाको मृत्यु

सर्लाहीमा आगोले जलेर २ छोरी र आमाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो ।

आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडाँै लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो । आगोले जलेर जोगी महरा आफैँ र उहाँकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सरसमान समेत जलेर नष्ट भएका छन् ।

यसैगरी सर्लाही सदरमुकाम मलङ्गवा–६ खुटौनामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । आगोले जलेर गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको गए राति जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । अत्यधिक मदिरा सेवन गरेका नसिर घुर ताप्ने समयमा शरीरमा आगो लागेको मृतककी पत्नी मदिना खातुनले जानकारी दिनुभयो । जाडो बढेसँगै सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ ।

यो पनि – दुर्घटनामा दुईको मृत्यु

झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका करिब ३५÷४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । कनकाई–७ दुर्गापुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे७प २८४६ नम्बरको मोटरसाइकल बुधबार राति एकापसमा ठक्कर खाएको उहाँले बताउनुभयो ।

दुर्घटनाबाट गम्भीर घाइते उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकामा उनीहरुको उपचारकै क्रममा मृत्यु भएको थियो । मृतकलाई अस्पतालमै राखिएको छ भने मोरसाइकल, बस र चालक इलाम चुलाचुली गाउँपालिका–२ का ३१ वर्षीय सरोज ढकाल प्रहरीको नियन्त्रणमा रहेका छन् ।