बेइजिङ शीतकालीन ओलम्पिकमा कोरिया सहभागी नहुन दबाब छैन- राष्ट्रपति

बेइजिङ शीतकालीन ओलम्पिकमा कोरिया सहभागी नहुन दबाब छैन- राष्ट्रपति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले हालै बेइजिङ शीतकालीन ओलम्पिकमा सरकारी अधिकारी वा प्रतिनिधिहरूलाई नपठाउने अमेरिकी नेतृत्वको कदमलाई सियोलले “विचार नगरेको” बताउँनुभएको छ। सिङ्गापुरको चिनियाँ भाषाको अखबार लियान्हे जाओबाओले रिपोर्ट अनुसार बेइजिङ शीतकालीन ओलम्पिकमा सरकारी अधिकारी वा प्रतिनिधिहरूलाई नपठाउन सियोललाई “संयुक्त राज्य अमेरिका वा अन्य कुनै राष्ट्रले आग्रह गरेको छैन” भनी अस्ट्रेलियाको भ्रमणको क्रममा सोमबार उहाँले उक्त टिप्पणी गर्नुभएको थियो । सन् २०२२ ओलम्पिकको शीतकालीन खेलहरू फेब्रुअरी ४ मा बेइजिङमा शुरु हुँदैछ।

यो पनि – श्रीलंकाले आगामी सन् २०२२ लाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने

१ पुस (रासस÷सिन्ह्वा) ः श्रीलंकाले आगामी सन् २०२२ लाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने भएको छ । यहाँका पर्यटन मन्त्रीले यस विषयमा सरकारले व्यापक मात्रामा तयारी गरेको र श्रीलंका सरकारले आगामी वर्ष कम्तीमा पनि ६० लाख पर्यटक भित्र्याउने तयारीका साथ ‘भिजिट श्रीलंका’ वर्षका रुपमा घोषणा गर्ने बताउनुभयो ।

यहाँको सरकारले आगामी वर्षलाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने र यसबाट आागमी सन् २०२५ सम्ममा कम्तीमा पनि दश अर्ब अमेरिकी डलर भित्र्याउने तयारीमा सरकार लागेको पनि बताइएको छ । यहाँका मुख्य आम्दानी पर्यटन नै हो । तर पनि कोभिड १९ को प्रभावका कारण पछिल्ला वर्षमा यहाँ पर्यटक नै पुगेका छैनन् । यसरी यहाँको डुब्न लागेको पर्यटन बजारलाई पुनस्थापना गर्नका लागि यहाँको सरकारले सो योजना बनाएको बताइएको छ ।