पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह

पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ ।  पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज भएको भेटमा उहाँले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताउनुभएको थियो । नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिनुभएको थियो । नेता पौडेलले आफू र महामन्त्री डा शशाङ्क कोइराला पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियानमा लागेको बताउनुभएको थियो ।

भेटमा नवनिर्वाचित उपसभापति गुरुङले आफू पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचनमा विपक्षीसँगको प्रतिस्पर्धामा अब्बल बनाउनुपर्ने बताउनुभएको थियो । उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा आफू लाग्ने स्पष्ट पार्नुभयो ।

यो पनि – कांग्रेस महामन्त्री मतगणना ः थापा र शर्माको अग्रता कायमै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म तीन हजार १२० मत गणना भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सबैभन्दा बढी थापाले दुई हजार ३७ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने अर्का प्रत्यासी शर्माले एक हजार २५५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले एक हजार २४, प्रदीप पौडेलले ९३५, डा मीनेन्द्र रिजालले ५४६ र डा राजाराम कार्कीले ७५ मत प्राप्त गर्नुभएको छ ।
महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार हुनुहुन्छ ।