गरिबी निवारण, जलवायु परिवर्तन र बाल मृत्युदर घटाउनमा बङ्गलादेश सफलता पाउँदै

गरिबी निवारण, जलवायु परिवर्तन र बाल मृत्युदर घटाउनमा बङ्गलादेश सफलता पाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यहाँस्थित बङ्गलादेशी राजदूतावासमा आज ‘पचासौँ विजय दिवस’ मनाइएको छ । आजकै दिन पाकिस्तानी सेनामाथि नौ महिनासम्म सङ्घर्ष गरी विजय प्राप्त गरेर बङ्गलादेश सार्वभौम भएको थियो । यसै वर्ष जातीय नेता राष्ट्रपिता शेख मुजिबर रहमानको जन्मशताब्दी र स्वतन्त्रताको स्वर्ण वर्ष पनि त्यहाँ मनाइँदै छ ।

सो अवसरमा नेपालका लागि बङ्गलादेशी राजदूत सलाहुद्दीन नोमन चौधरीले यहाँस्थित राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डोत्तलन गर्दै बङ्गलादेशको स्वतन्त्रता र सार्वभौमिकताका लागि बङ्गबन्धु रहमानले चौध वर्षसम्म कारागारमा रहनुपरेको र ठूलो सङ्घर्ष गरेको स्मरण गर्नुभयो । उहाँले आफ्नो देश स्वतन्त्र भएपछि नेपालले छिट्टै मान्यता दिएकामा बङ्गलादेश नेपालीप्रति सधैँ कृतज्ञ रहेको जनाउँदै दुई देशबीचको मित्रता अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद, प्रधानमन्त्री शेख हसिना, विदेशमन्त्री डा एके अब्दुल मोमेन र विदेश राज्यमन्त्री मोहम्मद सहारियर आलमले जारी गर्नुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । उहाँहरुको शुभकामना सन्देशमा ‘भिजन २१’, ‘भिजन २०४१’ र ‘बङ्गलादेश डेल्टा प्लान’मार्फत सन् २०३० सम्म राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य हासिल गर्दै २०४१ सम्ममा बङ्गलादेशलाई विकसित र समृद्ध बनाइने उल्लेख छ ।

बङ्गलादेशले गरिबी निवारण, जलवायु परिवर्तनका नकारात्मक असर र बाल मृत्युदर घटाउन सफलता पाइरहेको कार्यक्रममा बताइएको छ ।
सो अवसरमा बङ्गलादेशी दूतावासका मिनिष्टर एण्ड डेपुटी चिफ मिसन इसरात जहान, नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाल, नेपाल –बङ्गलादेश चेम्बर अफ कमर्सका एलबी श्रेष्ठलगायतले बङ्गलादेशमा राजनीतिक स्थिरताका साथै शान्ति, सद्भाव, आर्थिक वृद्धि र विकास तीव्र भइरहेकामा खुशी व्यक्त गर्दै दुई देशबीच ऊर्जा क्षेत्रमा सम्झौता भएको र आगामी दिनमा सडक, हवाई यातायात र सम्पर्क सञ्जाल बढ्ने तथा पर्यटन, साहित्य, कला, संस्कृति आदि क्षेत्रमा अझ सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राजदूतावासका कर्मचारी, यहाँस्थित बङ्लादेशी नागरिक र नेपालका विभिन्न समुदायको व्यक्तित्वको सहभागिता रहेको थियो ।

यो पनि- रक्षामन्त्री डा मीनेन्द्र रिजालद्वारा राजिनामा

रक्षामन्त्री डा मीनेन्द्र रिजालले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट गरी मन्त्री रिजालले राजिनामा पेश गर्नुभएको हो । राजिनामा बुझाएपछि उहाँले अहिले रक्षामन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ । यसअघि उहाँले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै रक्षामन्त्रीबाट राजिनामा दिने घोषणा गर्नुभएको हो । “नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजिनामा दिने निर्णय लिएको छु अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजिनामा पेश गर्नेछु”, नेपाली कांग्रेसका नेता डा रिजालले पोष्टमा भन्नुभएको छ ।

कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दिनुभएका डा रिजालले मतगणनको प्रारम्भिक नतिजा आएलगत्तै राजिनामा दिने निर्णय गर्नुभएको हो । कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।

यो पनि – कांग्रेस सहमहामन्त्रीको मतगणना हुँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको पनि आजै मतगणना हुने भएको छ । सहमहामन्त्रीका उम्मेदवारको केहीबेरपछि मतगणना सुरु हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।  उहाँका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये आज दलित, महिला र आदिवासी जनजातिको मतगणना गरिनेछ । कांग्रेसको महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको थियो ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।