कांग्रेस सहमहामन्त्रीको मतगणना हुँदै

कांग्रेस सहमहामन्त्रीको मतगणना हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको पनि आजै मतगणना हुने भएको छ । सहमहामन्त्रीका उम्मेदवारको केहीबेरपछि मतगणना सुरु हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।  उहाँका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये आज दलित, महिला र आदिवासी जनजातिको मतगणना गरिनेछ । कांग्रेसको महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको थियो ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।

यो पनि -कांग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी

नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उहाँहरु निर्वाचित हुनुभएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सम्पन्न मतगणनामा अनुसार थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले एक हजार एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गर्नुभएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

चार हजार ६८२ मत गणनामा भएकोमा सबैभन्दा बढी मत थापाले ल्याउनुभयो भने शर्माले दोस्रो स्थानमा जीत हासिल गर्नुभएको छ । महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको थियो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार हुनुहुन्थ्यो ।