नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आम जनताको आवाज उठाउनुका साथै नीति निर्माण गर्ने थलो संसद् भएकाले त्यसलाई अवरोध गर्न नहुने बताउनुभएको छ । पार्टी निकट बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले केही अराजक समूहले देश र जनताप्रति गैर–जिम्मेवार भएर निरन्तर जनप्रतिनिधिमूलक थलोमा बाधा पु¥याइरहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले पछिल्लो निर्वाचनमा जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरी करिब दुई तिहाइ बहुमत दिएको भए पनि तत्कालीन एमालेको नेतृत्व भष्मासुरको हातमा परेर ऐतिहासिक अवसर गुमेको विचार व्यक्त गर्दै दुई तिहाइ बहुमत हुँदा त्यसलाई सम्हाल्न नसकेको एमालेले पुनः बहुमत ल्याउने भ्रम फैलाइरहेको बताउनुभयो ।
बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि मजदुर, किसान, देशभक्त र समाजवादी चिन्तन बोकेका वर्गलाई एकताबद्ध गरी अगाडि बढेको उल्लेख गर्दै उहाँले बहुसङ्ख्यक जनतालाई न्यायोचितरूपमा वितरणका अवसर उपलब्ध गराउने व्यवस्था नै समाजवाद भएको बताउनुभयो ।
काठमाडाँै कमिटी इन्चार्ज वसन्त मानन्धरले पार्टीका नीति तथा कार्यक्रमलाई प्रसार सामग्रीका माध्यमबाट प्रत्येक जनताको घरमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै गर्नुभयो । ऊर्जा तथा सिँचाइसमेतमन्त्री रहनुभएका मानन्धरले सञ्चारमैत्री कार्यक्रम बनाएर राजनीतिक अभियान सञ्चालन गरी प्रचार क्षेत्रलाई प्रभावकारीकारी परिचालन गरिने बताउनुभयो । यही मङ्सिर २९ देखि आजसम्म सञ्चालित प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र पाण्डे, पार्टीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाललगायतले प्रशिक्षण दिनुभएको थियो ।
यो पनि – समयमै योजना सम्पन्न गराउन स्थानीय तहको सक्रियता
बाँकेका स्थानीय तहले निर्माणाधीन योजना समयमै सम्पन्न गराउन सक्रियता देखाएका छन् । स्थानीय तहमा सञ्चालित तथा निर्माणाधीन योजना समयावधिमै सम्पन्न गराउन अनुगमनमा तीव्रता दिएका छन् । दैनिकजसो योजना अनुगमन गरी समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनी र उपभोक्ता समितिलाई आवश्यक निर्देशन दिने कार्य भइरहेको जानकी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्र निर्माणाधीन सडक, पुल, गाउँपालिका प्रशासनिक भवनको नियमितरुपमा अनुगमन गरी समयावधि भित्रै काम सम्पन्न गर्न ताकेता गरिएको उहाँले बताउनुभयो । गाउँपालिकामा सञ्चालित योजनालाई तोकिएको समयमा पूरा गराउने उद्देश्यले डुडुवा गाउँपालिकाले अनुगमनमा तीव्रता दिएको छ । पालिकामा सञ्चालित ठूला तथा साना योजनाको अवस्था बुझ्न र निर्माण कम्पनीलाई ताकेता गर्न अनुगमनलाई तीव्रता दिइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
उहाँले गाउँपालिकामा सञ्चालित सबैभन्दा ठूलो योजना गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय भवन, तथा विभिन्न धार्मिकस्थलमा निर्मित भौतिक पूर्वाधारको अनुगमन गरिएको जानकारी दिनुभयो । गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम करिब ८० प्रतिशत पूरा भएको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । प्रशासनिक भवन नयाँ आर्थिक वर्षअघि नै सञ्चालनमा ल्याई गुणस्तरीय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्नेतर्फ ध्यान दिएको उहाँको भनाइ छ ।
बाँकेको नरैनापुर गाउँपालिकाले पनि योजना समयावधिमै सम्पन्न गराउन आवश्यक तदारुकता देखाएको छ । निर्माणाधीन गाउँपालिका प्रशासनिक भवनको अनुगमन गरी समयमै काम सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार रु छ करोड ८० लाखको लागतमा निर्माणाधीन भवनको अनुगमन गरी सम्झौता अवधिमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी जुगल प्रतिष्ठा जेवीलाई ताकेता गरिएको छ ।



प्रतिक्रिया