टाटा नेक्सन फेरी नम्बर १ बन्न सफल

टाटा नेक्सन फेरी नम्बर १ बन्न सफल

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । टाटा मोटर्सले यो महिना पनि आफ्नो दमदार प्रदर्शन कायम गर्दै हुन्डाई, किया, मारुती सुजुकीलाई पछाडी पारेर आफु शिर्ष स्थान ओगट्न सफल भएको छ। टाटा मोटर्सले १३ हजार ८१६ यूनिट नेक्सन विक्री गरेर पहिलो हुन सफल भएको हो ।

किया सेल्टोस ११ हजार ४८३ यूनिट सहित दोस्रो स्थानमा छ र हुन्डाई भेन्यू ११ हजार ३७७ यूनिट सहित तेस्रो स्थानमा छ । त्यस्तै, चौथो स्थानमा टाटा मोटर्सको नयाँ माइक्रो एसयूभी परेको छ भने हुन्डाई क्रेटा ९ हजार ८६९ यूनिट सहित पाँचौ स्थानमा रहेको छ । छैटौ स्थानमा रहेको ब्रेजा ९ हजार ५७६ यूनिट र सातौ स्थानमा रहेको किया सोनेट ६ हजार ९०४ यूनिट विक्री भएको छ ।

त्यस्तैगरि धेरै विक्री हुने १० मोडलको सूचीमा रेनो काइगर, निसान म्याग्नाइट, फक्सवागेन टाइगुन र स्कोडा कुशकले भने यसपाली आफ्नो स्थान पक्का गर्न सकेनन् ।

सूचीको आठौं, नवौं र दसौं स्थानमा महिन्द्रा थार ४ हजार ६४६ यूनिट, महिन्द्रा एक्सयूभी ३०० ले ४ हजार ५५० यूनिट र महिन्द्रा एक्सयूभी ७०० ले ४ हजार ११९ यूनिट विक्री गर्न सफल भयेको छ ।

पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटाले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गईरहेको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सलाई प्यासेन्जर कार सेग्मेन्टमा स्थापित गराउन सफल टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरीको हिसाबले सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट सावित भइसकेको कमपनीको दाबी छ । नेपालमा ग्राहकहरुको मन जित्न सफल भएको यो कम्पनी विक्री तथ्यांकको आधारमा नेक्सन सर्वाधिक धेरै विक्री हुने एसयूभी हो ।

टाटा नेक्सन सब फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिनको कारण चर्चामा रहँदै आएको मोडल हो । टाटाको प्यासेन्जर सेग्मेन्टमा गेमचेन्जरको रुपमा लिने गरिएको नेक्सन फिचर लोडेड गाडीमा पर्छ ।