काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद रामनारायण बिडारीले यो गठबन्धन कायम रहनेगरि र एमसीसी परिमार्जनसहित पारित गर्नेगरि सहमति हुने बताएका छन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बिडारीले एमसीसी परिमार्जनसहित मात्रै संसद्बाट अनुमोदन हुने दाबी गरेका छन् ।
उनले भने,एमसीसी संशोधनसहित पारित गर्नुपर्छ । यो बीचमा भएका पत्राचार हामीले हेर्न पाएका छैनौं । ८ देखि १० पत्र टेबुल हुनुपरयो । भविष्यमा अमेरिकाले बनाउने र लिने नीति मान्छु भन्ने कुरा राख्नुहुँदैन । यसमा व्याख्यात्मक टिप्पणी हुनुपर्छ । यो व्याख्या नेपाली संसदले गर्नुपर्छ । हामी सबै कार्य गर्नको निम्ति, अध्ययन गरेरमात्रै टुँगो लगाउँछौं ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले यथास्थितिमा एमसीसीको पक्षमा मतदान नगर्ने पनि स्पष्ट पारेका छन् । उनले भने, माओवादीले एमसीसीको पक्षमा मतदान गर्दैन् । अहिले मतदान गर्दैन् । अहिलेको अवस्थामा हाम्रो पार्टीले यसको पक्षमा मत हाल्दैन् । अमेरिकी अनुदान लिने हो, तर नेपाललाई हित हुनेगरि लिने । सम्झौतामा लेखिएका भाषा र शब्द मिलाउने कुरा छ, यसमै सहमति हुन्छ ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रष्ट रुपमा वर्तमान गठबन्धन कायम राख्ने भनेर धारणा राखिसकेकोले गठबन्धन नटुट्ने दाबी गरे । उनले भने,“उहाँको प्रष्ट धारणा छ यो गठबन्धन टुट्दैन । एमसीसी पास हुन्छ । हामीले पनि गठबन्धन टु्ट्दैन भनेका छौं ।”
प्रतिक्रिया