एमसीसीविरोधी आन्दोलन चर्कियो (फोटोफिचर)

एमसीसीविरोधी आन्दोलन चर्कियो (फोटोफिचर)

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । सरकारले एमसीसी पास गर्ने अन्तिम तयारी गरेपछि काठमाडौंमा यसको विरोधमा प्रदर्शन चर्किएको छ ।सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले एमसीसी व्याख्यात्मक टिप्पणीसहित आजै पास गराउने सहमति गरेपछि काठमाडौंमा एमसीसीविरोधी आन्दोलन चर्किएको हो ।

आज बस्ने संसद् बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुने बताईएको छ ।आजै बस्ने अर्को सेसनमा भने एमसीसी निर्णयार्थ पेश गरिने र पास गराउने सरकारको तयारी छ ।

यसको लागि सत्ता गठबन्धनमा आवद्ध दलहरुले पार्टीबाट निर्णय गराएर एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।यसअघिदेखि नै काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त हुँदै आएको छ।एमसीसी राष्ट्रको हितमा नभएको भन्दै उनीहरुले तत्काल एमसीसी खारेजीको माग गरेका छन् ।आज नयाँ बानेश्वर क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।