प्रासिक्स ईन्टरनेसनल एकेडेमी चाबहिलद्धारा एसईई उतिर्ण विधार्थीलाई सम्मान

प्रासिक्स ईन्टरनेसनल एकेडेमी चाबहिलद्धारा एसईई उतिर्ण विधार्थीलाई सम्मान

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । प्रासिक्स ईन्टरनेसनल एकेडेमी चाबहिल काठमाण्डौले शैक्षिक वर्ष–२०७७ को एसईई परिक्षामा उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ। एक भब्य कार्यक्रमको आयोजना गरि प्रासिक्स ईन्टरनेसनल एकेडेमीले विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

प्रासिक्स ईन्टरनेसनल एकेडेमी चाबहिलका अध्यक्ष गेन्द्र लामाको सभापतित्व तथा बागमती प्रदेश स्वास्थ्य मन्त्री माननीय निमा लामाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष शुद्धोधन डंगोलको बिशेष आतिथ्यता रहेका थियो।त्यसैगरी मनास्लु वर्ल्ड कलेजका प्रबन्ध निर्देशक राजन श्रेष्ठ, वित्तिय निर्देशक मीन कुमार मोक्तान, शोभित केसी, राजकुमार लामीछाने, सहदेव तिमल्सिना, देवी रेग्मी तथा अतिथिहरुमा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङ, प्याब्सन काठमान्डौका पुर्व जिल्ला अध्यक्ष तथा प्रोग्रेसिभ स्कुलका पृन्सिपल बिष्णु पराजुली,कान्तिपुर इङ्लिस एकेडिमीका प्राध्यापक लक्ष्मी गुरुङ,सह प्राध्यापक मिरा सिलवाल लगाएत विभिन्न संघ संगठनका प्रतिनिधिहरु विभिन्न स्कुलका प्राध्यापकहरु शिक्षाविद, बुद्धिजीवी, शिक्षकहरु विद्यार्थीहरु,संचाकर्मीहरु लगाएतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई उपस्थितहरुबाट सामुहिक राष्ट्रिय गानबाट औपचारिक रुपमा शुरु गरिएको थियो । स्वागत मन्तब्य समर श्रेष्ठले राखेका थिए भने उपस्थित सम्पुर्णलाई स्वागत नृत्यबाट कक्षा १० मा अध्यनरत विद्यार्थीहरुले स्वागत गरेका थिए। शैक्षिक वर्ष २०७७ को ब्याचका एसईइ उतिर्ण करिब सोह्र जना बिद्यार्थीहरु र अभिभावकहरुलाई कलेजले एक कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्मान गरेको हो।

कार्यक्रममा एसिईईमा उतिर्ण विद्यार्थीहरुद्वारा विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थियो भने कार्यक्रम सफल बनाउन कक्षा दसमा अध्ययनरत विद्यार्थीहरुले अहम भुमिका खेलेका थिए। कार्यक्रमका प्रमुख अतिथि माननीय निमा लामाले बोल्दै एसईईमा उतिर्ण भाईबहिनीहरुले देखाएको कला,मौलिक संस्कृती, आफ्नो नेपाली पहिचान झल्किने विविध प्रस्तुतिबाट खुशी रहेको ब्यक्त गर्दै कोभिड –१९ को महामारीका कारण लामो समयसम्म बिधालय बन्द गर्नुपर्ने रहर नभई बध्यता रहेको बताए।तर पनि बैकल्पिक माध्याम अनलाइन मार्फत क्लास जारी राखिएको थियो उनले भने ।

बागमती प्रदेशको स्वास्थमन्त्रीको जिम्मेवारी सम्हाले संगै कोभिड भ्याक्सिन,भेन्टेलटर,आईसियु,बेड लगाएत विभिन्न बिषयमा तयारी रहेको बताए। आगामी दिनहरुमा एसईईमा उतिर्ण भएकोले यसरी नै प्रगती हओस भन्ने शुभकामना दिएका थिए।त्यसैगरी आजको सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्नुहुने बिधालय परिवार लगाएत सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा सभापति गेन्द्र लामाले नेपालमै रहेर पनि शिक्षा क्षेत्रमा केही गर्न सकिन्छ भन्ने उदेस्य अनुरुप विद्यार्थी भाइबहिनीहरुको उज्वल भबिष्य निर्माण गर्न ठूलो संघर्ष गर्दै आएको बताए।उनले प्राक्सिस इन्टरनेस्नल एकेडेमीले नेपालमा मात्र नभई अन्तरास्ट्रिय स्तरमा नै प्रतिस्पर्धा गर्न सक्ने अब्बल क्षमतावान र आत्मनिर्भर बन्न गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोमा सम्पुर्ण अभिभावक बिधालय परिवार लगाएत सबैलाई धन्यवाद ब्यक्त गरेका थिए साथै आजको सम्मान कार्यक्रमलाई सफल बनाउन कार्यक्रममा उपस्तिथि जनाउनुहुने सम्पुर्ण ब्यक्तित्वहरु,विभिन्न किसिमका कला प्रस्तुत गर्नु विद्यार्थी भाईबहिनीहरु,संचारको माध्याम मार्फत बिश्वभरी पुर्याउन अहंम भुमिका खेल्नुहुने पत्रकार लगाएत सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।