काँग्रेसले राष्ट्रघात गर्न सक्दैन्ः विश्वप्रकाश शर्मा

काँग्रेसले राष्ट्रघात गर्न सक्दैन्ः विश्वप्रकाश शर्मा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ फागनु । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले सधै जनताको पक्षमा काम गरिरहेको बताउँदै कहिल्यै पनि राष्ट्रघात गर्न नसक्ने बताएका छन् ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बिहीबार कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले एमसीसीबारे भ्रम फैलाउनेहरूलाई जनताले प्रश्न गर्न सक्नुपर्ने धारणा राखे ।कार्यक्रममा बोल्दै उनले भने, ‘फेसबुकमा एमसीसी बारे लेख्नेको दोष छैन, सडकमा प्रदर्शन गर्नेको पनि दोस छैन् । दोस त जसले यो एमसीसी पास हुने बित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे उनीहरुको छ,’ ।

यस्तै, उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफैँले मन्त्रिपरिषद्‌बाट निर्णय गराएर एमसीसी सम्झौता संसद्‌मा दर्ता गराएको स्मरण गराउँदै अहिले संसद्‌मा एमसीसीकाबारेमा एक शब्द बोलेका आरोप लगाए । तस्बिरः रत्न श्रेष्ठ÷रासस