पछिल्लो २४ घण्टामा थप ७४ जनामा सङ्क्रमण, एकको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७४ जनामा सङ्क्रमण, एकको मृत्यु

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, फागुन २४ गते । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार छ हजार ३९४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १९४जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३७६ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख तीन हजार ६२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल पाँच हजार ८७५ जना सक्रिय सङ्क्रमित छन् ।