अभिनेता पल शाहलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

अभिनेता पल शाहलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत्र । अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई थुनामा राख्ने आदेश आएको छ । नाबालिग ब.ला.त्कारको अभियोगमा उनीविरुद्ध सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामाथि थुनछेकको बहस सकिएपछि त्यस्तो आदेश आएको हो । प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय तनहुँले अभियोगपत्र दर्ता गरेसँगै गत मंगलबार दिउँसो ३ बजेदेखि प्रतिवादी शाहको बयान लिइएको थियो ।

जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलाशले शाहलाई थुनामा राख्ने आदेश दिएको हो । अदालतले प्राप्त प्रमाणबाट शाहलाई कसूरदार देखिएको भन्दै थुनामा राख्न आदेश दिएको हो । शाहमाथि एकजना नाबालिक गायिकामाथि ब.ला.त्कार गरेको अभियोग छ । शाहले बयानमा उक्त आरोप अस्वीकार गरेका छन् ।

पल शाहविरुद्ध नाबालिक गायिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजूरी दर्ता गरेका थिए । त्यसपछि शाहलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले ब.लात्का.रको अभियोगपत्र दर्ता गरेको हो । पल शाहविरुद्धको अभियोग पुष्टि भए उनी १४ वर्षसम्म जेल जानुपर्ने हुनसक्छ ।