२०७८ साल षड्यन्त्रको वर्ष : ओली

२०७८ साल षड्यन्त्रको वर्ष : ओली

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७८ साललाई षडयन्त्रको वर्षका रूपमा ब्याख्या गरेका छन् ।

बुधबार नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २०७८ सालमा मुलुकमा धेरै षडयन्त्र भएको बताएका हुन् ।

साथै, उनले २०७८ साल संविधान विरोधी र अस्थिरताका पक्षधरहरुले असंवैधानिक ढंगले विकासको गतिलाई रोकेर देशलाई पछाडि फर्काउन खोजेको आरोप लगाए । उनले २०७९ साललाई एमालेको विजय वर्ष बनाउन सबैमा आह्वान समेत गरे ।

कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गरेका थिए ।