ललितपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको स्थानीय तहको चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । चुनावी प्रचारको सिलसिलामा देश दौडाहामा लाग्नुभएका अध्यक्ष ओलीले एमाले ललितपुर प्रचार विभागले २६ गते सोमबार आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न लाग्नुभएको हो ।
एमालेले जावलाखेलमा चुनावी सभा आयोजना गर्दैछ । एमालेलाई अत्यधिक मतले विजय गराउने योजना बमोजिम सो कार्यक्रम हुने भएको हो ।चुनावी सभाका संयोजक एवं जिल्ला कमिटि सचिवालय सदस्य केशव आचार्यले सभाको लागि तयारी भैरहेको जानकारी दिनुभयो । उहाका अनुसार सो सभामा करिब ५० हजार ललितपुरवासीको सहभागि हुने जानकारी दिनुभयो ।
सो विषयमा हिजो बुधबार जिल्लाको हाइ कमाण्डको बैठकले महानगरका सबै वडा, महालक्ष्मी र गोदावरी नगरपालिकाका स्थानीलाई आमन्त्रण गरिएको छ । जिल्ला समितिले सभा आयोजना गर्न विभिन्न समिति गठन गरिएको जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले बताउनुभयो ।
न्युज अफ नेपाल



प्रतिक्रिया