मोदी नेपाल भ्रमणमा आउने : लुम्बिनीमा विशेष तयारी

मोदी नेपाल भ्रमणमा आउने : लुम्बिनीमा विशेष तयारी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । बुद्ध पूर्णिमा पारेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएपछि तयारी भइरहेको छ । लुम्बिनीमा विशेष तयारी भइरहेको बुझिएको छ ।

मोदी भारतको कुशिनगरस्थित अन्तर्राष्ट्रिय एयरपोर्ट हुँदै हेलिकोप्टरबाट लुम्बिनी आउने भएका छन् । उनलाई सिधै गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा ल्याउने नेपाल पक्षको पहल भएपनि हेलिकोप्टरबाट आउने बुझिएको छ ।

मोदीले कुशिनगरमा प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त दीप प्रज्ववलन गर्ने कार्यक्रम रहेको छ । लुम्बिनीमा मोदीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

photo source/ the indian express