केशव स्थापित र बालेनको जम्काभेट

केशव स्थापित र बालेनको जम्काभेट

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, बैशाख २५ । मतदाता घर दैलो कार्यक्रममा रहेका काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच जम्काभेट भएको छ । यही ३० गते हुन लागेको स्थानीय तहको चुनावका लागि प्रचारप्रसारका क्रममा आज विहान सिनामंगलमा भेट भएको हो ।

अचानकको भेटमा दुवै उम्मेदवारले एकअर्कालाई शुभकामना दिँदै अंकमाल गरेका छन् । भेटमा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार रहेकी सुनिता डंगोल पनि थिइन् ।