फुटबल प्रशिक्षक र खेलाडी विवाद छानविन गर्न समिति

फुटबल प्रशिक्षक र खेलाडी विवाद छानविन गर्न समिति

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, वैशाख २५ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह र बन्द प्रशिक्षणमा रहेका सिनियर खेलाडीबीच देखिएको विवादको विषयमा सत्यतथ्य छानविन गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्सीय छानविन समिति गठन गरेको हो । समितिमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहनुभएको छ । समितिले सात दिनभित्र छानविन गरी एन्फालाई प्रतिवेदन बुझाउने उल्लेख छ ।

रोहिच चन्द सहित १० खेलाडीले प्रशिक्षक अल्मुताइरीको कार्यशीलै प्रति असन्तुष्ट जनाउँदै विद्रोह गरेर वैशाख १३ गते प्रशिक्षण क्याम्प छाडेका थिए । खेलाडीले क्याम्प छाडेपछि प्रशिक्षक अल्मुताइरीले १७ खेलाडी थप गरी प्रशिक्षणलाई निरन्तरता दिँदै आउनुभएको छ ।