आजको राशिफल : वि.सं.२०७९ वैशाख २६ गते, साेमवार, सन् २०२२ मे ९ तारिख


२०७९ वैशाख २६ गते, साेमवार, ९ मे २०२२। वैशाख शुक्लपक्ष अष्टमी तिथि, १४ः३९ बजेदेखि नवमी। अश्लेषा नक्षत्र, १३ः५० बजेपछि मघा। चन्द्रराशि– कर्कट, १३ः५० बजे उप्रान्त सिंह।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। पढाइलेखाइमा प्रतिभाको कदर हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
फाइदाका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। तापनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नदेखि भने सहयाेगीहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। वादविवादले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने अभिव्यक्ति कलामा पनि निखारता आउनेछ। प्रशंसकहरू पनि बढ्नेछन्।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यवसायमा लगानी बढाउने समय छ। आकस्मिक खर्च बढ्नेछ तर आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। मध्याह्नदेखि मिहिनेतले आत्मविश्वास बढाउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष भेटघाट र उपहारले मन आनन्दित हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। तर ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। समयमा आलस्य गर्दा पछि धोका पाइनेछ। मध्याह्नपछि आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। लगनशील बन्दा नियमित काम सम्पादन हुनेछन्।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
चुनौतीपूर्ण काममा खटिनुपर्ने समय रहेकाले अलि सावधान रहनुपर्ला। जिम्मेवारी पनि बढिरहनेछन्। तर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्नाले काममा पछि परिनेछ। लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौती पन्छाउँदै काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले जिम्मेवारी पनि दिलाउनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मध्याह्नपछि विवादास्पद जिम्मेवारीले अप्ठ्याराे पर्न सक्छ। आफ्नैले काममा अवराेध पुर्याउनेछन्। नयाँ काम थाल्न हतार नगर्नुहाेला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूका लागि समय खर्चनुपर्ला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। परिस्थितिले चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर दाम कमाउने बेला छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। तर आकस्मिक यात्राले नियमित काम राेकिन सक्छ। विवादास्पद अभिव्यक्तिले समस्या निम्त्याउने हुँदा समयमा हाेस पुर्याउनुहाेला। परिस्थितिवश अध्ययनमा त्यति समय दिन नसकिएला। दिउँसाेदेखि अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। सानोतिनो समस्याले पनि अल्झाउन सक्छ। गाेपनीयतामा ध्यान पुर्याउनुहाेला।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। सुरुमा केही चुनौतीहरू देखिए पनि मध्याह्नपछि विभिन्न अवसर प्राप्त हुनुका साथै स्थितिमा सुधार आउनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। खर्च लागे पनि स्राेतसाधन जुट्नाले मन उत्साहित हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै अवसर प्राप्त गर्न सकिनेछ। मध्याह्नपछि भने खर्च बढ्नाले समस्या पर्न सक्छ। काम बिग्रनाले प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ।

 

साप्ताहिक राशिफल हेर्नुहोस : २०७९ वैशाख २५ गते

आईतबारदेखी बैसाख ३१ गते शनिबारसम्मको

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेहनत गर्दा भूमि तथा कृषिबाट फाइदा हुनेछ। कामका लागि साइनो गाँस्नेहरूबाट सतर्क रहनुहोला। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। तर्कशक्ति बढ्नेछ भने सहपाठीहरूलाई पछि पार्दै शैक्षिक गतिविधिमा फाइदा उठाउन सकिनेछ। बुधबारदेखि प्रतिस्पर्धीहरूले दु:ख दिन सक्छन्। अरूको भरपर्दा समस्या यथावत् रहन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला। सप्ताहान्तमा कामले धेरैलाई प्रभावित बनाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या आउला। साझेदारीमा विवाद आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको मात्र भर पर्दा महत्त्वाकांक्षा पूरा नहुन सक्छ। नाता गाँस्नेहरूसँग सजग रहनुहोला। मेहनत गर्दा बुधबारदेखि भाग्यले साथ दिनेछ। अध्ययनमा प्रगति हुनेछ। कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। सप्ताहन्तमा भने मौका आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा बोलीको भरमा काम बन्नेछ भने मेहनत गर्दा फाइदा उठाउन सकिनेछ। चिनजानले पनि अवसर दिलाउन सक्छ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायमा राम्रै फाइदा हुनेछ। तर अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। अध्ययनमा राम्रो नतिजा हासिल हुनेछ। रोकिएका काम बन्नेछन् भने प्रतिस्पर्धीहरूले पनि हार खानेछन्।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला। सोमवारदेखि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। बिहीवारपछि शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। सहयाेगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। तापनि आफन्तको सहयोग प्राप्त हुनाले धेरै काम बन्नेछन्।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तत्काल खर्च लागे पनि पछिका लागि सञ्चय हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सोमबारदेखि परिवारजनसँगको सम्पर्कले उत्साह जाग्नेछ। मिहिनेतले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ कामको अवसरले उत्साह जगाउनेछ। बिहीवारदेखि खर्चिलो कामतर्फ ध्यान केन्द्रित हुनेछ। समयमा काम गर्न नसक्दा अवसर फुत्कन सक्छ। स्वास्थ्य कमजोर रहनेछ र अर्थ अभावले सताउनेछ। प्रतिस्पर्धीहरूले दु:ख दिनेछन्। अवसर आए पनि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा चिताएको काम बन्नाले मनग्य लाभ हुनेछ। दिगो आम्दानीका स्रोत प्राप्त हुनेछन्। सोमबारदेखि आकस्मिक खर्च बढ्नाले समस्या उत्पन्न होला। पहिले गरेको काम दोहोर्याउनुपर्ने अवस्Mediaथा आउन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि मेहनतको प्रतिफल प्राप्त हुनेछ। रोकिएको काम बिस्तारै सम्पादन हुनेछ। बिहीवारदेखि मान-सम्मानका साथ विशेष उपहार प्राप्त होला। शुभचिन्तकहरूले साथ दिनेछन् भने आफन्तको सहयोगले लाभ उठाउन सकिनेछ। तारिफयोग्य काम सम्पादन गर्न सकिनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्। प्रतिष्ठित व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ। सोमबारदेखि दिगो आम्दानी हुने काम सुरुवात हुनुका साथै राजनीति र नोकरीमा फाइदा हुनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। केही खर्च लागे पनि विशेष दायित्व वहन गर्दै यात्रा गर्ने अवसर जुट्न सक्छ। बिहीवार र शुक्रवार अर्थ अभावले ऋणकर्जा बढाउन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सप्ताहान्तमा लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्नेछ। रमाइलो भेटघाटले पारिवारिक आनन्द समेत दिलाउनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा अरूका काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। इतिहास एवं संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। साेमवारदेखि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। व्यर्थैमा अरूको स्वार्थमा उपयोग भइनेछ। राजनीति र नोकरीमा केही उल्झन आउन सक्छन्। तापनि अरूको मन जितेर काम बनाउन सकिनेछ। बिहीवारदेखि व्यवसायबाट सोचेको लाभ मिल्नेछ। मिहिनेतले कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ। दिगो आयस्रोत फेला परे पनि सप्ताहान्तमा अधिक खर्च बढ्नेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा अवसरका लागि चुनौतीसँग लड्नुपर्ने देखिन्छ। शारीरिक अस्वस्थताले पनि काममा पछि परिनेछ। सोमबारदेखि स्थितिमा सुधार आउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने नयाँ जिम्मेवारी प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्न सकिनेछ। बुधवर र बिहीवार हठात् निर्णयले अप्ठ्यारो पर्न सक्छ, अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। चुनौती सामना गर्नुपरे पनि मेहनत गर्दा काम बन्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको बन्धन समेत कसिने योग छ। सप्ताहान्तमा विशेष अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रियजनसँगको भेटघाटले सुरुवात रमाइलो रहनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान पाइने समय छ। सोमबार र मंगलबार परिस्थिति अलि प्रतिकूल रहन सक्छ। अस्वस्थताका बाबजुद व्यावहारिक झमेलामा अलमलिनुपर्ला। आँटेको काम स्थगित हुन सक्छ। बिहीवारदेखि मेहनत गर्दा विभिन्न अवसर जुट्न सक्छन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। प्रतिष्ठा बढ्नुका साथै पछिसम्म फाइदा हुने कामको जिम्मेवारी प्राप्त हुनेछ। मिहिनेतले दाम, नाम र इनाम हातलागी हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिबन्धले झमेला निम्त्याउने समय भएकाले मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। विलासितामा धन खर्च हुनेछ। पति-पत्नीमा असमझदारी बढ्न सक्छ। बुधवारसम्म स्वास्थ्य कमजाेर रहनेछ। आफ्ना योजना गोप्य राखी हिम्मत जुटाउनुहोला। रमाइलो क्षणमा अचानक समस्या देखा पर्न सक्छ। बिहीवारदेखि विभिन्न अवसर प्राप्त हुनेछन्। खर्च भए पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउला। अरूका कामले अलमल्याउने हुँदा आफ्नो योजना अपूर्ण रहला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य कमजोर रहनाले केही पछि परिने सम्भावना छ। प्रतिस्पर्धीहरूले पनि अलि दुःख दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइपर्ला। साेमवारदेखि यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा अलमलिनुपर्ला। रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउन सक्छ। बुधवारपछि खर्चिलो कामतर्फ ध्यान केन्द्रित हुनेछ। समयमा काम गर्न नसक्दा अवसर फुत्कन सक्छ। स्वास्थ्य कमजोर रहनेछ र अर्थ अभावले सताउनेछ। काम बिग्रने भयले सताए पनि सप्ताहान्त लाभदायक रहनेछ। मिहिनेत गर्दा नाम, दाम र इनाम हातलागी हुनेछ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४/नेपाली पात्रो – (Nepali Patro – Calendar) हाम्रो समय, हाम्रो गौरव

प्रतिक्रिया दिनुहोस