राँगोले हानेर बावुको मृत्यु, छोरी घाइते, राँगोलाई गोली हानेर मारियो

राँगोले हानेर बावुको मृत्यु, छोरी घाइते, राँगोलाई गोली हानेर मारियो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २६ बैशाख । लमजुङमा आफैले पालेको राँगोले हानेर एक पुरुषको मृत्यु भएको छ । राँगोले हानेर गम्भिर घाइते भएका खुमबहादुर मौरतीको उपचारको लागि अस्पताल लेजानै गर्दा बाटोमै मृत्यु भएको हो ।

मौरतीको बेसीशहरस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

राँगोले हानेर ४४ वर्षीय मौरतीको छोरीलाई समेत घाइते बनाएको छ । थप घटना हुन नपाओस् भनेर राँगोलाई गोली हानेर मारिएको प्रहरीले जनाएको छ । राँगोको मानसिक सन्तुलन गुमेको हुनसक्ने स्थानीयहरुले भनाइ छ ।