अनिल परियारको हत्याको विरोधमा सवारी साधन तोडफोड

अनिल परियारको हत्याको विरोधमा सवारी साधन तोडफोड

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २६ बैशाख । नेपाली काङ्ग्रेस वाग्मती प्रदेश प्रतिनिधि एवम् पुर्व दलित संघ चितवनका जिल्ला सदस्य अनिल परियारको हत्याको विरोधमा चितवन मेडिकल कलेज बाहिर विरोध प्रदर्शन भएको छ ।

कांग्रेस निकट युवाहरुले पुर्व–पश्चिम राजमार्ग ठप्प गराएर विरोधमा उत्रिएका हुन् । प्रदर्शनकारीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधननमा समेत तोडफोड गरेका हुन् ।

घटना भएको २ दिन हुँदापनि प्रशासनले गम्भिरता नलिएको भन्दै युवाहरु विरोध प्रदर्शनमा उत्रेका हुन् । मृतक परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ ।

आक्रोसित युवाहरुले तोडफोड गर्न सक्ने सम्भवना देखेर कलेजको सुरक्षा व्यवस्था कडा पारिएको छ।परियारको आइतबार साझ भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।