सुनको मुल्य बढ्यो, चाँदीको कति

सुनको मुल्य बढ्यो, चाँदीको कति

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ बैशाख । नेपाली बजारमा आज सुनको मुल्य सामान्य वृद्धि भएको छ । सोमबार सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ। आइतबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा आज पनि सोही मुल्यमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ ।