इनरुवामा एमाले र कांग्रेसका उम्मेदवारबीच रैथाने प्रमाणित गर्ने होडबाजी

इनरुवामा एमाले र कांग्रेसका उम्मेदवारबीच रैथाने प्रमाणित गर्ने होडबाजी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा । नेकपा एमालेका तर्फबाट इनरुवामा मेयरका उम्मेदवार सरोज पोखरेलले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काठमाडौमा घर हुने रैथाने हुने ? इनरुवा बाहेक नेपालमा कतै घर नहुने म चाँही टुरिष्ट हुने ? हासो लाग्छ भन्ने प्रति प्रश्न गरे ।

नेपाली काग्रेसका तर्फबाट इनरुवामा मेयरका उम्मेदवार केदार भण्डारीले पत्रकारलाई दिएको अन्र्तवार्ता सामाजिक सञ्जालमा अपलोड गरि आज टुपलुक्क उम्मेदवारको रुपमा आउने, ठुलठुला कुरा गर्ने, यो गर्छु त्यो गर्छु भन्ने, जनताका सुख के हुन, दुःख के हुन ? जान्न नसक्ने । साथीहरु उम्मेदवार छन भन्ने अभिव्यत्ती दिएका छन ।

आसन्न स्थानीय तहको निर्वाचनमा इनरुवा नगरपालिकाको नेतृत्व लिन चुनावी अभियानलाई अगाडि बढाईरहेका प्रमुख दलका उम्मेदवारबीच को स्थानीय, को रैथाने हो ? भनि पुष्टि गर्ने होडबाजीले रोचक तथ्यहरु खुल्न थालेको छ ।

नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार बनेका केदार भण्डारीले नेकपा एमालेका उम्मेदवार सरोज पोखरेललाई आफ्नो निर्वाचन अभियानको क्रममा टुरिष्ट उम्मेदवारको रुपमा ब्याख्या गर्दै आफू इनरुवाको रैथाने छोरो भएकोले आफूले इनरुवालाई राम्ररी बुझेकोले राम्रो काम गर्न सक्ने दावी गर्छन ।

उनले आफू रैथाने भएको पुष्टि गर्न झोडा फडानीदेखि नै आफ्नो परिवार इनरुवामा बस्दै आएको दावी गर्दै अहिलेसम्म आफूले कुनै पनि नाममा इनरुवाबाट गएर बाहिर लामो समय कतै नबसेको बताउँछन ।

पत्रकारहरुसँगको भेटघाटमा उनले भनेका थिए, ‘‘म यहीं जन्मेर जनताको सुखदुःखमा हिंडेको मान्छु हुँ । अन्य पार्टीका साथीहरु विभिन्न ठाउँमा बाहिर बस्ने, आज टुपलुक्क उम्मेदवारको रुपमा आउने, ठुलठुला कुरा गर्ने, यो गर्छु त्यो गर्छु भन्ने, सबै जनताका सुख के हुन, दुःख के हुन ?

जान्न नसक्ने । यो नगरमा के कमजोरी छ, कुन क्षेत्रको बिकास गर्नु छ ? भन्ने अनुभवनै नभएका साथीहरु उम्मेदवारका रुपमा आउनु भएको छ । त्यसैले गर्दाखेरी यहीं तपाईहरुकै माँझमा बिचमा बस्ने उम्मेदवार म हुँ ।’

एमालेका उम्मेदवार पोखरेलप्रति लक्षित गर्दै उनी इनरुवा लामो समय छाडेर काठमाण्र्डौ बसेको र अहिले अवसर लिन मात्रै इनरुवा आएको तर्कसहित आफू इनरुवाको जनताको भावना बुझ्ने प्रतिनिधि भएको दावी गर्छ ।

कार्यकर्ता तहमा पनि त्यसखाले बुझाई देखिन्छ । सरोज पोखरेलको विषयमा सामाजिक सञ्जालहरुमा प्रकाशित विषयमा कांग्रेसका कार्यकर्ताहरुले ‘टुरिष्ट उम्मेदवार’ भनेर खेदो खन्ने गर्दछन ।

कांग्रेसले टुरिष्ट उम्मेदवारको आरोप लगाउने एमालेका तर्फबाट मेयरका उम्मेदवार सरोज पोखरेलको तर्क पनि रोचक हुने गरेको छ । उनी आफूलाई इनरुवाप्रति प्रेम भएको र कांग्रेसका उम्मेदवारलाई अवसर लिन कामतमा बसेको टिप्पणी गर्छन ।

इनरुवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले भनेका थिए, ‘कांग्रेसका उम्मेदवार केदार भण्डारीको काठमाडौंको धापाखेलमा अढाई तल्ले घर छ ।

उनको परिवारहरु सबै काठमाडौमै बस्छन । भण्डारी आफूमात्रै राजनीति गर्न इनरुवा बसिरहेका छन । कांग्रेसको सभापति निर्वाचित भएकोले उनी यहाँ बसेका हुन । नभए उनी पनि उतै गईसकेका हुन्थे ।’

उनी, ‘काठमाडौमा घर हुने मान्छे इनरुवाको रैथाने हुने र मेरो इनरुवा वडा नम्बर १ बाहेक कतै घर नहुने चाँही टुरिष्ट हुने ? गज्जबको तर्क देख्छु ।’ भनि प्रश्न गर्छन ।

उनले रोजगारीको शिलशिलामा आफू केही समय काठमाडौ बसेपनि आफू निरन्तर रुपमा इनरुवासँग जोडिएर बसेको उल्लेख गर्दै काठमाडौमा रहँदा पार्टीको सुनसरी–काठमाडौ सम्पर्क मञ्च, पार्टीको लोकतान्त्रिक बैदेशिक रोजगार मञ्चको केन्द्रीय संस्थापक अध्यक्ष, पार्टीको केन्द्रीय सदस्य र प्रदेश १ कमिटी सदस्यको रुपमा आवद्ध रहेर इनरुवासँग जोडिदै आएको दावी गरे ।

पत्रकारहरुसँग उनले भने, ‘ इनरुवामा कोरोना, बाढी आगलागी र शितलहरको बेलामा वितरण भएको राहतको लागि सहयोग र समन्वय गरेर म इनरुवासँग निरन्तर जोडिरहेको छु ।

मेरोसहित मेरो परिवारको स्थायी बसाेवास घर इनरुवामा छ, मेरो खेतीपाती चाँदवेला र सत्तेरझोरमा छ । म यही स्कुल कलेज पढे । यही सुनसरी बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरे । अनि म चाँही टुरिष्ट हुने ? यो कुर्तक बाहेक केही होईन ।’

हाम्राे परिवारले दशै तिहार छैठ लगायतका सवै चाडपर्व इनरुवाकै घरबाटै मनाउदै आएका छाै । मेरा एकासगाेलका सवै दाजुभाईहरुकाे घर इनरुवामा छ । मेराे राजिनिती निरन्तर इनरुवाकाे भुगाेलबाट गर्दै आएकाे छु । चुनावमा अत्तालिएर सधै टुरिष्ट नेताकाे झाेला बाेकेर हिड्ने चुनाव जिताएर नेता बनाउनेहरुले लगाएकाे आराेप हार मानसिकता भएकाे पाेखरेलकाे भनाई छ ।

उनले थपे, ‘भोजपुरबाट आउनेको सुनसरीमा झोला बोकेर हिड्ने, चुनाव जिताउने कुन पार्टी, नेता को हो ? विगतमा गिरिजाप्रसाद कोइराला, हरि सापकोटा, हरी बास्तोला, प्रकाश कोइराला, सुजाता कोइरालालाई बोकेर हिडेका लागि विर्सिनु भएछ, हामीले कहिल्यै पनि टुरिष्ट बोकेर हिडेका छैनौ । काठमाडौमा घर बनाएर परिवार राख्ने र टुरिष्ट बोकेर हिड्नेले अरुलाई टुरिष्ट भन्नु हास्यास्पद लाग्छ ।’
वर्णमाला अनलाईन