इनरुवा । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मात्रै प्रतिष्पर्घा भएकोमा यसपटक भने जनता समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारको दरिलो चुनावी अभियान प्रमुख दुई दलको लागि चुनौतिपूर्ण बन्न पुगेको छ ।
इनरुवामा चुनाव प्रसार प्रचार अवधी सकिने समय नजिक आएसँगै जसपा र स्वतन्त्र उम्मेदवारहरुले एमाले र कांग्रेसका मतदातालाई प्रभाव पार्ने गरि प्रर्दशनसगै मतदाताहरुसँगको सम्बन्धलाई नजिक बनाउन थालेपछि चुनौति देखिएको हो ।
कांग्रेसका आधिकारी उम्मेदवारलाई खुल्ला रुपमा चुनौती दिदै दिनहँु भएका घरदैलौ र चुनावी प्रचारले कांग्रेसका बागीले ल्याउने मतसँगै मेयर उपमेयरमा क्रम मतदान भई जसपाले फाइदा लिने सक्ने अवश्थाको आँकलन गदै चिन्तित देखिएको छ ।
एमालेबाट टिकट नपाएका कार्यकर्ताहरुले विरोधको आक्रोश वडामा स्वतन्त्रको पक्षमा र मेयर उपमेयरमा जसपाको पक्षमा जाने अवश्थाले चुनावी अंकगणितमा असर पुग्ने देखिन्छ ।
नेपाली कांग्रेसका परम्परागत मतदातालाई प्रतिबद्ध कांग्रेस कार्यकर्ताको स्वतन्त्र उम्मेदवारीले विभाजित गराएसँगै इनरुवाको चुनावी अंकगणितमा फेरबदलको संकेत देखिएको छ ।
नेपाली कांग्रेसको मात्रै चुनावी मैदानमा प्रतिष्पर्घाको सामना गर्दै आएको नेकपा एमालेका लागि पनि यसपटक जनता समाजवादी पार्टी चुनौतिको रुपमा खडा भएको छ ।
परम्परागत मतदाता बाहेक निर्णायक मतदाताको रुपमा हेरिएका ग्रामिण क्षेत्रका मतदाताहरु खुलेर जसपाको समर्थनमा उत्रिएपछि सो मत गुम्ने आँकलनमा एमाले चिन्तित देखिएको छ ।
इनरुवा अस्पतालको आन्दोलनलाई गाउँ गाउँमा पु¥याएर जसपाको संगठन निर्माण गरेका दिलिपचन साहुले उठाएका चुनावी एजेण्डालाई समर्थन गर्ने मतदाताको सख्ंया ठुलो रहेको निश्कर्षमा पुगेका एमाले र कांग्रेसले उनले ल्याउने मत निर्णायक हुने भन्दै चुनावी नजिता कडा प्रतिपर्धाका आधारमा आउने आंकलन गरेका छन ।
अघिल्लो निर्वाचनमा जित हासिल गरेको नेपाली कांग्रेसलाई पार्टीका बागी उम्मेदवारसँगै चुनावी मैदानमा जसपाको सशक्त अभियानले एकै पटक दुई वटा चुनौति सामना गर्नु पर्ने स्थिति उत्पन्न गरेको छ ।
अघिल्लो निर्वाचनमा कांग्रेसले नेकपा एमालेका उम्मेदवारसँग मात्रै चुनावी प्रतिष्पर्घा गर्नु परेको थियो ।
यसपटक इनरुवामा उसले पाँच वर्षदेखि नगरमा भए गरेका कामको निरन्तर खवरदारी गर्दै आएका जसपाका मेयर पदका उम्मेदवार दिलिपचन साहुले जनताको आक्रोसलाई एजेण्डा बनाएर बनाएर चुनावी अभियानलाई आक्रामक रुपमा जनतामाँझ लगेपछि कांग्रेसका उम्मेदवारलाई सशंकित बनाएको छ ।
कांग्रेसका बागी उम्मेदवारले वडा वडामा दिनहुँजसो गर्ने शक्ति प्रर्दशन, आक्रामक चुनावी प्रचारप्रसारले कांग्रेसका परम्परागत मतदाताहरुसमेत सहानुभुति राख्न थालेपछि अप्ठ्यारोमा परेको आँकलन गर्न थालिएको छ ।
नेकपा एमालेले वडा वडामा उठेका स्वतन्त्र उम्मेदवारहरुले परम्परागत मतदातासँगै निर्णायक मानिएका मतदाताहरुले जसपा र स्वतन्त्रका पक्षमा समर्थन जनाउँदै मतदान गर्ने स्थितिले दुवै पक्षबाट २० प्रतिशतको संख्यामा मत आउन नसक्ने निश्कर्षमा पुगेको बताइन्छ ।
एमालेले कार्यकर्ता र समर्थक परिचालन गरेर जसपा र स्वतन्त्रको लहरलाई रोक्दै आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेको सो पार्टीका नेताहरु बताउँछन।
नेपाली कांग्रेसले आफ्नै असन्तुष्ट र बागीहरु फकाउँने क्रममा रहेकाले मतदानको दिन नजिक आएसँगै जसपाको पक्षमा देखिएका मतदातालाई रोक्ने अवश्था तत्कालै नरहेकाले दुवै चुनौतीको सामाना एकैपटक गरेर जाँदा नतिजामा असर पुग्ने निश्कर्षमा पुगेको बताइन्छ ।
प्रतिक्रिया