काठमाडौं, २६ वैशाख । पोखरा महानगरपालिकामा यसपटक नेकपा एमाले र नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारहरुबीच कडा प्रतिष्पर्धा हुने देखिदैछ ।
२३ जना मेयरका उम्मेदवारहरु चुनावी मैदानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशी साझालगायत दलका उम्मेदवारहरु पनि छन् । स्वतन्त्र उम्मेदवारहरुको पनि उल्लेख्य संख्या छ ।
पोखरामा विगतको चुनावी परिणामलाई केलाउँदा एमालेका कृष्णबहादुर थापा र नेकपा एसका धनराज आचार्य बलियो स्थितिमा छन् । अन्य उम्मेदवारहरु पनि बलियो अवस्थामा पुग्न दौडधूपमा छन् ।
नेकपा एसका धनराज आचार्यलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चाले पनि समर्थन गरेका छन् । आचार्यले गठबन्धनको मतदातको पूर्ण समर्थन पाए बाजी मार्ने सम्भावना रहन्छ । तर, उनलाई सजिलो छैन ।
विगतको निर्वाचनको परिणामलाई केलाउने हो भने काँग्रेसको भन्दा एमालेले झण्डै १४ हजार मतान्तरले जितेको थियो । यसपटक नयाँ मतदाता थपिएको र परिस्थिति पनि बदलिएकोले फरक परिणाम आउनसक्छ ।
एमाले विगतको परिणामका कारण पनि उत्साही छ । तर, एमाले फुटबाट बनेको एसकै उम्मेदवार मैदानमा आएपछि चुनौतीपूर्ण अवस्था छ । एमालेले सुरुमा दिपक पौडेललाई टिकट दिएको थियो । पछि उम्मेदवार फेरेर कृष्णबहादुर थापाले टिकट पाए । यसले एमाले कास्कीमा निकै विवाद बनायो । यसको फाइदा लिनेमा आचार्य आशावादी छन् ।
एमाले एक भएर चुनावी मैदानमा आएमा आचार्यलाई निकै मुश्किल पर्छ । अर्कोतर्फ गठबन्धनको मत बाँडिने हो या होइन त्यसले पनि हारजीतको निक्र्यौल गर्न सक्छ ।
प्रतिक्रिया