माओवादी केन्द्रमा आवद्ध भएको पाइएपछि पूर्वप्रमुख निर्वाचन आयुक्त यादव पर्यवेक्षकको रुपमा अस्वीकृत

माओवादी केन्द्रमा आवद्ध भएको पाइएपछि पूर्वप्रमुख निर्वाचन आयुक्त यादव पर्यवेक्षकको रुपमा अस्वीकृत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले पर्यवेक्षकका लागि दिएको निवेदन अस्वीकृत भएको छ । आयोगले आफ्नै पूर्वप्रमुख आयुक्तलाई पर्यवेक्षकको अनुमति दिन अस्वीकार गरेको हो ।

कुनै राजनीतिक दलको विभागमा आवद्ध भएको पाइएपछि आयोगले यादवलाई पर्यवेक्षकको रुपमा स्वीकार नगरेको आयोगका एक अधिकारीले बताए ।

‘आयोगकै एकजना व्यक्तिले उहाँ कुनै दलको केन्द्रीय विभागमा आवद्ध भएको जानकारी गराउनुभयो । त्यसबारे सोधपुछ गर्दा आवद्ध रहेको थाहा भएपछि अनुमती दिन सकेनौं ।’ आयोग स्रोतले भनेको छ ।

यादव नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभागको सदस्य छन् । माओवादी केन्द्रले २३ मंसिर २०७८ मा जारी गरेको सूचीमा उनको नाम केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको उल्लेख छ ।

आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको रुपमा अनुमती दिने गरेको छ ।