सेक्स भिडियो बनाउँदा रमाउनेहरु

सेक्स भिडियो बनाउँदा रमाउनेहरु

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कम उमेरका युवतीसँग यौन सम्पर्क गर्दै सेक्स भिडियो बनाउने र अरुलाई देखाएर रमाउने विलासीहरुका कारण कोरियाको गान्गनामस्थित रात्रीक्लबहरु विवादमा परेका छन् । कम उमेरका युवतीहरुको रात्री क्लबमा माग बढी हुनुमा त्यहाँ संभ्रान्तहरुको आवश्यकता पनि हो ।

कम उमेरका युवतीसँग धेरै पुरुषहरुले एकैसाथ यौन सम्पर्क गरेको भिडियो बाहिर पुगेपछि गान्गनामको रात्री क्लबहरु विवादमा परेका छन् । दक्षिण कोरियाको प्रहरीले गहिरो छानबिन शुरु गरेको छ ।

युवतीहरुलाई लागूऔषधको सेवन गराएर हिंसात्मक शैलीमा यौनक्रिडा गरेका घटनाहरु सार्वजनिक भएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले गान्गनामको रात्रीक्लबका अध्यारा पाटाहरु खुलासा गर्न थालेका छन् ।

विदेशी महिलाहरुलाई समेत रात्रीक्लबमा राखेर जर्बजस्ती यौन सम्पर्क गर्न लगाउने गरेको खुलेको छ । रात्रीक्लबको भयावह घटनाहरु सार्वजनिक भइरहँदा चर्चित कलाकारहरु समेत मुछिएका छन् ।

महिलासँग यौन सम्पर्क गर्ने, सेक्स भिडियो बनाउने अनि साथीहरुलाई देखाउने संभ्रान्तहरु समेत भेटिएका छन् । सँसारकै चर्चित ब्यान्ड बिग ब्याङका सदस्य सिउङरी रात्रीक्लबको सेक्सकाण्डमा मुछिएका छन् । उनीमाथि यौनकर्मीलाई आफ्नो नाइटक्लब व्यवसायमा प्रयोग गरेर रकम आर्जन गरेको अभियोग लागेको छ ।

सिउङरीका सेलिब्रिटी साथीहरुमाथि पनि यौनभिडियो च्याटमार्फत् आदानप्रदान गरेको बारे समेत छाविन भएको छ । उनीहरुले महिलामाथि गरेको बलात्कारबारे समेत एक अर्कालाई जानकारी गराउँथे ।