भोलीको राशिफल : वि.सं.२०७९ साल वैशाख २८गते बुधवार । ईश्वी सन् २०२२ मे ११ तारिख


२०७९ वैशाख २८ गते, बुधवार, ११ मे २०२२। वैशाख शुक्लपक्ष दशमी तिथि, १५ः४५ बजेदेखि एकादशी। पूर्वफाल्गुनी नक्षत्र, १६ः१५ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि– सिंह।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ। सुरुमा काम राेकिए पनि दाेहाेर्याएर प्रयत्न गर्दा सम्पादन हुन सक्छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। मेहनतीहरूका लागि समय फलदायी रहनेछ। आजको कामबाट पछिसम्म फाइदा पुग्न सक्छ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। रमाइला क्रियाकलापमा सहभागी बन्ने अवसर जुट्नुका साथै मान–सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर पनि उपलब्धि हात पार्न सकिनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। साथीभाइको सहयोगले काममा हौसला जाग्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत बन्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। अर्थसञ्चय नहुन सक्छ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न पनि सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला। साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ। लगनशीलताले आँटेको काम सम्पादन हुनेछ। व्यापारमा सामान्य फाइदा हाेला। जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमश: सुधार आउनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
हडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहारसमेत पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समय संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला। तापनि लक्ष्यमा पुग्न निकै मेहनत पर्नेछ। ईर्ष्याभाव राख्नेहरूले दुःख दिनेछन्, वादविवादबाट टाढा रहनुहाेला। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। यात्रा खर्चिलाे हुनेछ। प्रतिस्पर्धीसँगकाे सम्झौता टुंगिन सक्छ।

तपाईँको दिन शुभ रहोस् ।

साप्ताहिक राशिफल हेर्नुहोस : २०७९ वैशाख २५ गते आईतबारदेखी बैसाख ३१ गते शनिबारसम्मको

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेहनत गर्दा भूमि तथा कृषिबाट फाइदा हुनेछ। कामका लागि साइनो गाँस्नेहरूबाट सतर्क रहनुहोला। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। तर्कशक्ति बढ्नेछ भने सहपाठीहरूलाई पछि पार्दै शैक्षिक गतिविधिमा फाइदा उठाउन सकिनेछ। बुधबारदेखि प्रतिस्पर्धीहरूले दु:ख दिन सक्छन्। अरूको भरपर्दा समस्या यथावत् रहन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला। सप्ताहान्तमा कामले धेरैलाई प्रभावित बनाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या आउला। साझेदारीमा विवाद आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको मात्र भर पर्दा महत्त्वाकांक्षा पूरा नहुन सक्छ। नाता गाँस्नेहरूसँग सजग रहनुहोला। मेहनत गर्दा बुधबारदेखि भाग्यले साथ दिनेछ। अध्ययनमा प्रगति हुनेछ। कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। सप्ताहन्तमा भने मौका आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा बोलीको भरमा काम बन्नेछ भने मेहनत गर्दा फाइदा उठाउन सकिनेछ। चिनजानले पनि अवसर दिलाउन सक्छ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायमा राम्रै फाइदा हुनेछ। तर अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। अध्ययनमा राम्रो नतिजा हासिल हुनेछ। रोकिएका काम बन्नेछन् भने प्रतिस्पर्धीहरूले पनि हार खानेछन्।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला। सोमवारदेखि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। बिहीवारपछि शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। सहयाेगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। तापनि आफन्तको सहयोग प्राप्त हुनाले धेरै काम बन्नेछन्।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तत्काल खर्च लागे पनि पछिका लागि सञ्चय हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सोमबारदेखि परिवारजनसँगको सम्पर्कले उत्साह जाग्नेछ। मिहिनेतले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ कामको अवसरले उत्साह जगाउनेछ। बिहीवारदेखि खर्चिलो कामतर्फ ध्यान केन्द्रित हुनेछ। समयमा काम गर्न नसक्दा अवसर फुत्कन सक्छ। स्वास्थ्य कमजोर रहनेछ र अर्थ अभावले सताउनेछ। प्रतिस्पर्धीहरूले दु:ख दिनेछन्। अवसर आए पनि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा चिताएको काम बन्नाले मनग्य लाभ हुनेछ। दिगो आम्दानीका स्रोत प्राप्त हुनेछन्। सोमबारदेखि आकस्मिक खर्च बढ्नाले समस्या उत्पन्न होला। पहिले गरेको काम दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि मेहनतको प्रतिफल प्राप्त हुनेछ। रोकिएको काम बिस्तारै सम्पादन हुनेछ। बिहीवारदेखि मान-सम्मानका साथ विशेष उपहार प्राप्त होला। शुभचिन्तकहरूले साथ दिनेछन् भने आफन्तको सहयोगले लाभ उठाउन सकिनेछ। तारिफयोग्य काम सम्पादन गर्न सकिनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्। प्रतिष्ठित व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ। सोमबारदेखि दिगो आम्दानी हुने काम सुरुवात हुनुका साथै राजनीति र नोकरीमा फाइदा हुनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। केही खर्च लागे पनि विशेष दायित्व वहन गर्दै यात्रा गर्ने अवसर जुट्न सक्छ। बिहीवार र शुक्रवार अर्थ अभावले ऋणकर्जा बढाउन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सप्ताहान्तमा लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्नेछ। रमाइलो भेटघाटले पारिवारिक आनन्द समेत दिलाउनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा अरूका काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। इतिहास एवं संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। साेमवारदेखि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। व्यर्थैमा अरूको स्वार्थमा उपयोग भइनेछ। राजनीति र नोकरीमा केही उल्झन आउन सक्छन्। तापनि अरूको मन जितेर काम बनाउन सकिनेछ। बिहीवारदेखि व्यवसायबाट सोचेको लाभ मिल्नेछ। मिहिनेतले कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ। दिगो आयस्रोत फेला परे पनि सप्ताहान्तमा अधिक खर्च बढ्नेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा अवसरका लागि चुनौतीसँग लड्नुपर्ने देखिन्छ। शारीरिक अस्वस्थताले पनि काममा पछि परिनेछ। सोमबारदेखि स्थितिमा सुधार आउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने नयाँ जिम्मेवारी प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्न सकिनेछ। बुधवर र बिहीवार हठात् निर्णयले अप्ठ्यारो पर्न सक्छ, अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। चुनौती सामना गर्नुपरे पनि मेहनत गर्दा काम बन्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको बन्धन समेत कसिने योग छ। सप्ताहान्तमा विशेष अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रियजनसँगको भेटघाटले सुरुवात रमाइलो रहनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान पाइने समय छ। सोमबार र मंगलबार परिस्थिति अलि प्रतिकूल रहन सक्छ। अस्वस्थताका बाबजुद व्यावहारिक झमेलामा अलमलिनुपर्ला। आँटेको काम स्थगित हुन सक्छ। बिहीवारदेखि मेहनत गर्दा विभिन्न अवसर जुट्न सक्छन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। प्रतिष्ठा बढ्नुका साथै पछिसम्म फाइदा हुने कामको जिम्मेवारी प्राप्त हुनेछ। मिहिनेतले दाम, नाम र इनाम हातलागी हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिबन्धले झमेला निम्त्याउने समय भएकाले मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। विलासितामा धन खर्च हुनेछ। पति-पत्नीमा असमझदारी बढ्न सक्छ। बुधवारसम्म स्वास्थ्य कमजाेर रहनेछ। आफ्ना योजना गोप्य राखी हिम्मत जुटाउनुहोला। रमाइलो क्षणमा अचानक समस्या देखा पर्न सक्छ। बिहीवारदेखि विभिन्न अवसर प्राप्त हुनेछन्। खर्च भए पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउला। अरूका कामले अलमल्याउने हुँदा आफ्नो योजना अपूर्ण रहला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य कमजोर रहनाले केही पछि परिने सम्भावना छ। प्रतिस्पर्धीहरूले पनि अलि दुःख दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइपर्ला। साेमवारदेखि यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा अलमलिनुपर्ला। रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउन सक्छ। बुधवारपछि खर्चिलो कामतर्फ ध्यान केन्द्रित हुनेछ। समयमा काम गर्न नसक्दा अवसर फुत्कन सक्छ। स्वास्थ्य कमजोर रहनेछ र अर्थ अभावले सताउनेछ। काम बिग्रने भयले सताए पनि सप्ताहान्त लाभदायक रहनेछ। मिहिनेत गर्दा नाम, दाम र इनाम हातलागी हुनेछ।

तपाईको साता शुभ रहोस ।

प्रतिक्रिया दिनुहोस