काठमाडौं, २७ बैशाख । नेकपा (एकीकृत समाजवादी) परित्याग गरी पुण्य गौतम एमालेमा प्रवेश गरेका छन् ।
आज एमालेले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चुनावी सभाको क्रममा उनी एमाले प्रवेश गरेका हुन् ।
उनीसँगै साहित्यकार चन्द्रमणी भट्टराई पनि एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
एमाले प्रवेश गरेका गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङसँग तुलना गरेका थिए ।
प्रतिक्रिया