जगतजननी देवी भगवतीका कालीघाट शक्तिपीठ ५१ पीठ मध्ये एक हुन् । सती देवीको अंग जुन स्थानमा खस्यो त्यही स्थानमा एकएक शक्तिपीठ उत्पन्न भए । पौराणीक कथाका अनुसार देवी सतीका पिताद्धारा पति देवाधिदेव शिवको अपमान गरेपछि आत्मसम्मानका लागि यज्ञ कुण्डमा हाम फालेकी थिइन् । भगवान शिवले सतीको मृत शरीरलाई काँधमा बोकेर ताण्डव नाँच गर्दै चारैतिर बौलाह जस्तो भएर हिड्न थाले । सृष्टि विनाशको डरका कारण देवताहरुले श्रीहरि विष्णु समक्षे देवाधिदेव शिवलाई खुशी पार्न विन्ती गरे । श्रीहरिले सतीको शरीरलाई चक्रका माध्यमले ५१ टुक्रा पारिदिए । त्यसपछि शिवले आफ्नो नाच रोके । सतीको दाहिने खुट्टाको औला त्यहाँ ‘हुगली नामबाट प्रसिद्ध पावन ‘गंगा नदीको किनारमा खस्यो । जुन शहर अहिलेको दक्षिण भाग हो । त्यो शक्ति ‘पीठमालाको कालीघाटका रुपमा चिनिन्न थाल्यो । शहरको पूरै नाम कलकत्ता रहन पुग्यो
त्यसैले काली र कलकत्ताको नाता सदियौ पुरानो हो । १५ शताव्दीदेखि १८ शताव्दीसम्म बंगालको किताबमा र सरकारी कागजातमा काली मन्दिरको उल्लेख गरिएको छ १७४२ मा अंग्रेजद्धारा बनाएको गाइड म्यापमा कालीघाट मार्गलाई दर्शाएको छ । मन्दिर २०० वर्ष पुरानो हो ।
किंवदन्तीका अनुसार २४ जिल्लाको बरीशा गाउँका ब्राह्मण , जमिनदार,सवर्ण राय चौधरीको पूर्खा संतोष रायले उक्त ठाउँ पत्ता लगाएका थिए ।
पुराणका अनुसार कालीको शक्तिलाई रौद्रावतार मानिन्छ । देवीको प्रतिमा तथा छाँयामा देवीको विकराल कालो रूपमा घाँटीमा मुंडमाल र कम्मरमा काटिएको हातको घाँघर लगाएको देख्न सकिन्छ । साथै एक हातमा रगतले लिपिएको खड्ग र दोस्रो हातमा खप्पर लगाएकी छिन् । सुतेका शिवमाथि खुट्टा राखेर जिब्रो निकालेको देख्न सकिन्छ ।
कालीघाट मन्दिरमा देवीको प्रतिममा काली मस्तक र चार हात देख्न सकिन्छ । त्यस प्रतिमाको एक कुनामा कालो राखिएको छ । त्यसलाई रातो कपडाले ढाकेको हातमा स्वर्ण गरगहना र घाँटीमा रातो मालाले सजाईएको छ ।
कोलकाताको हुगली नदीको किनारमा दक्षिणेश्वर काली मन्दिर जहाँ माता का परमभक्त र साधक स्वामी रामकृष्ण परमहंस पुजारी थिए । त्यो मन्दिर १८४७ मा जान बाजारकी महारानी रासमणिले बनाएकी थिइन् । उनलाई भगवानले कालीले स्वयंम सपनामा आएर मन्दिर बनाउने आदेश दिएकी थिइन् ।
-धार्मिक ग्रन्थको सहयोगमा
प्रतिक्रिया