कौरवहरुसँग पाण्डवहरुको युद्ध निश्चित भइसकेको थियो । युद्धको अलवा कुनै विकल्प थिएन । युद्ध गर्ने तर धनको सुरक्षा कसरी गर्ने भन्ने कुरामा युधिष्ठिर चिन्तित भए । त्यसपछि कृष्णसँग सल्लाह गरे । कृष्णले,‘कुबेरले सहयोग गर्नेछन् भने ।’ कृष्णले कुबेरको नाम लिनेवित्तिकै कुबेरले सहयोग गर्ने कुरामा युधिष्ठिर ढुक्क थिए । उनले धन बोक्न सक्ने बलावान भीमलाई कुबेरको घर पठाए ।
दाजुको आज्ञा पालन गर्नका लागि भीमसेन कुबेरको घर गए । द्वारपालसँग आफ्नो परिचय खुलाएर प्रवेश गर्दै गर्दा उनले एक व्यक्ति तोरीको गेडा एउटा एउटा गरी टिप्दै गरेको देखे ।
महलमा तोरीको गेडा टिप्ने व्यक्तिबारे भीमलाई जान्ने उत्सुकता जाग्यो र भीमले द्वारपालसँग सोधे,‘तोरीको गेडा टिप्ने को हुन् ?’ द्वारपालले उनी कुबेर हुन् भनेपछि भीमले नाक खुम्च्याए ।
जाबो तोरीको गेडा समेत नछाड्ने लोभीले के धन देलान् ? उनले मनमनै प्रश्न गरे र उनी फरक्क फर्किए । भीम रित्तो हात फर्किएको देखेर युधिष्ठिर चिन्तित भए । कतै कुबेरले धन दिन अस्वीकार त गरेनन् ?
भीमले आफू रित्तो हात फर्कनुको कारण भने,‘कुबेरबाट धनको आशा गर्न सकिदैन ।’युधिष्ठिरले त्यसबारे सोध्दा,‘कुबेर निकै कञ्जुस रहेछन् ।’ धनका नाममा पोखिएका तोरीका दानासम्म नछोड्ने कुबेरले हाम्रो धनको सैरक्षण गर्नु असम्भव भएको उत्तर दिन्छन् ।
धनको महत्व बुझेकै कारण कुबेर धनी भएको कुरा कृष्णले बताएपछि भीम पुन गए ।
कुबेरलाई भेटेर कृष्णले धन लिन पठाएको बताए । भीमले सकेजति धन कुबेरले दिने भए । भीम सिक्का र बहुमूल्य धातु गाडामा भर्न थाले । गाडा भरिएपछि बोकेर अगाडि बढ्दै थिए । गाडा अचानक भाँसियो । भीमले न्वारनको बल निकालेर निकाल्न खोज्दा समेत सकेनन् ।
कुनै जोर नचलेपछि कुबेरले गाडाको पाङ्ग्रामा तोरी खन्याइदिए । भीम हेरेको हे¥यै भए ।
एउटा एउटा गरी टिपेर जम्मा गरेको तोरी आँखैले देखेका थिए । तोरीको बोरानै खनाइदिएपछि कुबेरप्रति उनको पुरानो दृष्टिकोण परिवर्तन भयो ।
तोरीको गेडाले चिम्लो बनाएपछि गाडा हिलो भएको खाल्डोबाट निस्कियो । भीमले धन जम्मा गरेर सही समयमा खर्च गर्ने कुबेरको नीति बुझे । –धार्मिक ग्रन्थको सहयोगमा
प्रतिक्रिया