सेक्सको बेला ध्यान दिनुपर्ने कुराहरु………….

सेक्सको बेला ध्यान दिनुपर्ने कुराहरु………….

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजभोलि सेक्सको बारेमा मानिसहरू खुलेर कुरा गर्न थालेका छन् । तर, पहिलो पटक सेक्स गर्ने बेला केटा होस् या केटी दुवै आत्तिने गर्छन् वा उनीहरूमा एक प्रकारको डर हुने गर्छ । पहिलो पटक सेक्स गर्दा डर पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खास गरी पुरुषले पहिलो पटक सेक्स गर्दा यी कुरामा ध्यान दिनुपर्छ ।

कन्डम
पहिलो पटक सेक्स गर्दै हुनुहुन्छ भने दिमागमा कुनै पनि डर नराखेर कन्डम लगाउन नभुल्नुस् । किनकि कन्डमले एचआइभी संक्रमण, गर्भ रहनबाट जोगाउँछ ।

रोमान्चित रहनुस्
खास गरी पहिलो पटक सेक्स गर्ने बेला पुरुषहरूले राम्रो भूमिका प्रदर्शन गर्नुपर्छ । यदि तपाईँ सेक्स गर्ने मुडमा हुनुहुन्छ पार्टनर पनि त्यसको लागि राजी छिन भने नरभस नभई कन त्यसको ईन्जोए गर्नुस् ।

धैर्यता
सेक्सको लागि तयार हुनुहुन्छ भने पनि हतार नगर्नुस् । बरु पार्टनरलाई पनि सेक्सको लागि तयार हुन दिनुस् । अर्थात् पार्टनरलाई उत्तेजित बनाउने भूमिका हुनुपर्छ तपाईँमा । यसकोलागि ओरल सेक्स, बडी मसाज, चुम्बन लगायत गतिविधि गर्न सक्नु हुन्छ ।

पार्टनरको चाहनालाई ध्यानमा राख्ने
पार्टनरले के चाहन्छ, के चाहँदैन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । सेक्स गर्ने बेला के मन पर्छ, के मन पर्दैन भन्ने कुरा बुझ्नु अत्यन्त जरुरी हुन्छ । यसको लागि सेक्स गर्नुअघि पार्टनरसँग सेक्सको बारेमा खुलेर कुराकानी गर्न सकिन्छ । यदि पार्टनरले सेक्सको बारेमा खुलेर कुरा गरेमा निश्चितरुपमा पहिलो पटकको सेक्सको राम्रोसँग मजा लिन सक्छन् ।
मेरो लाइफस्टाइल