मुस्लिम आयोगका अध्यक्ष अन्सारी रघुवीर महासेठ र जुली महतोमाथि खनिए

मुस्लिम आयोगका अध्यक्ष अन्सारी रघुवीर महासेठ र जुली महतोमाथि खनिए

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ, उनकी पत्नी जुली महतो र एमाले जनकपुर नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीले नियोजित रुपमा आफूलाई बदनाम गराएको आरोप लगाएका छन् ।

जनकपुरबाट काठमाडौं ओर्लनेबित्तिकै अन्सारीले आयोगको कार्यालयमा पत्रकार सम्मेनलको आयोजना गरेर यस्तो दाबी गरेका हुन् । उनले आफूलाई बदनाम गराउन महासेठ दम्पत्तिले सुरेन्द्र भण्डारी नेतृत्वमा टोली पठाएको पनि बताए । उनले भने,‘नेकपा एमालेका नगरकमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो । त्यहाँका नेता जुली महतो र रघुवीर महासेठले त्यहाँ गएर नाराबाजी गर भनेरै पठाउनुभयो ।’

आफू अस्ति (मंगलबार) जनकपुर पुगेको पनि उनले स्मरण गराए । उनले भने,‘आज १५/२० जना गुण्डाहरु म बसेको होटेलमा प्रवेश गर्नुभयो । नाराबाजी गर्नुभयो । करोडौं रुपैयाँ बाँडेको भनेर गलत आरोप लगाउनुभयो । म कुनै पार्टीको नेता तथा कार्यकर्ता होईन । म सिंगो मुस्लिम समूदायको उत्थानको लागि लागिपरेको छु, मैले आफूले पाएको जिम्मेवारी स्वतन्त्र रुपमा निर्वाह गरिरहेको छु ।’