झडपमा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

झडपमा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकाेप्टरबाट उद्धार गरिएको छ ।

झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए ।

घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

गठबन्धन र स्वतन्त्र पक्षबीचको झडपमा मतदान अधिकृतसहित तीनजना घाइते भएका थिए । झडपपछि प्रहरीले आठ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् । अहिले मतदान रोकिएको छ ।

सेनाले देशका सात ठाउँमा आपतकालीन उद्धारका लागि सैनिक टाेली खटाएकाे सैनिक प्रवक्त्ता नारायण सिलवालले बताए ।
न्युज अफ नेपाल/file photo