धनकौलकाे मतदान केन्द्रमा सेना परिचालन गरेर मतदान

धनकौलकाे मतदान केन्द्रमा सेना परिचालन गरेर मतदान

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । जिल्लाको दक्षिणी क्षेत्रस्थित धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा नेपाली सेना परिचालन गरेर मतदान सुरू भएकाे छ । धन्कौल गाउँपालिका–२ स्थित पशुसेवा कार्यालय मतदान केन्द्रमा ६ घण्टापछि नेपाली सेना परिचालन गरेर मतदान सुरू गरिएको हाे ।

धनकौलमा बिहान मतदान सुरू भएसँगै कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच त्रिपक्षीय झडप सुरू भएको थियो । विवाद बढ्दै गएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रबाट मतपेटिका र मतपत्रसहित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको कार्यलय पुर्‍याइएको थियो ।

लगत्तै केन्द्रको निर्देशनका मतदान स्थलको पहिलो घेरामा नेपाली सेना परिचालन गरेर मतदान सुरु गरेकाे धन्कौलका निर्वाचन अधिकृत शिवदत्त बरालले जानकारी दिए । त्रिपक्षिय कार्यकर्ता ढुंगामुढासहित झडपमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फाइर गर्नुका साथै दर्जनौँ सेल अश्रुलग्यास प्रहार गरेको थियो । झडपमा केही कार्यकर्ता समेत घाइते भएकाे पार्टीहरूकाे दाबी छ । न्युज अफ नेपाल/file photo