हेलिकोप्टर दुर्घटनामा चालक दलका दुई सदस्यको मृत्यु

हेलिकोप्टर दुर्घटनामा चालक दलका दुई सदस्यको मृत्यु

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

छत्तिसढको राइपुरस्थित एउटा विमानस्थलमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ । दुर्घटनामा क्याप्टेन गोपालकृष्ण पाण्डा र क्याप्टेन एपी श्रीवास्तवको मृत्यु भएको प्रहरीले जनाएको छ । अवतरण गर्न खोज्दा हेलिकप्टरमा आगो लागेको थियो । हेलिकोप्टरमा कुनै यात्रु थिएनन् ।

बिहीबार राति ९ बजेर १० मिनेट जाँदा रायपुरको स्वामी विवेकानन्द विमानस्थलमा उडान अभ्यासका क्रममा उक्त दुर्घटना भएको प्रहरी वरिष्ठ उपरीक्षक प्रशान्त अग्रवालले बताए ।दुर्घटनाको कारण तत्काल थाहा हुन सकेको छैन । नागरिक उड्डयन महानिर्देशनालय र छत्तीसगढ सरकारको तर्फबाट विस्तृत प्राविधिक अनुसन्धान भएको छ । न्युज कारखाना/एजेन्सी