हावाहुरीले मतदान स्थलको टेन्ट भत्कायो

हावाहुरीले मतदान स्थलको टेन्ट भत्कायो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, वैशाख ३० गते। हावाहुरीले सिरहाको विभिन्न मतदनस्थलमा लागेको टेन्ट भत्काएको छ। शुक्रबार दिउँसो करिब साढे ३ बजेपछि आएको हावाहुरीले सिरहाको विभिन्न मतदान केन्द्रको टेन्ट भत्काएपछि मतदान कार्यक्रम स्थगन भएको हो।

हावाहुरी र वर्षासँगै आएपछि निर्वाचनका लागि खटिएका कर्मचारी र प्रहरीले मतपेटिका र निर्वाचन सामग्री आफूसँगै सुरक्षित राखेको जानकारी जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले जानकारी दिनुभयो।

वर्षा समाप्त भएपछिअवस्था हेरेर मतदान कार्यक्रम सुचारु गर्ने वा के गर्ने भन्ने बारे निर्णय लिइने उहाँले जानकारी दिनुभयो।

गोरखापत्र