रौतहटमा मतदाताले नै मतपेटिका लिएर भागे

रौतहटमा मतदाताले नै मतपेटिका लिएर भागे

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रौतहटको यमुनामाइ गाउपालिकाको वाड नं. १ को जेठरहिया माबि मतदान स्थलबाट मतदाताहरुले नै मतपेटिका लिएर भागेका छन् ।

सो मतदान स्थलको ३ वटा मतदान केन्द्रको मतपेटिका स्थानियले लिएर भागेका थिए । नेकपा माओबादी केन्द्र र जसपाबिच बिवाद हुँदा मतपेटिका खोसाखोस भएको थियो । माओबादीले सो केन्द्र कब्जा गर्न खोजेको भन्दै अन्य दलहरुले बिरोध गरेका थिए ।

मतपेटिका लिएर भागेपछि निर्वाचन रद्ध गरिएकोे यमुनामा गाउपालिका निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत हरी प्रसाद शर्माले जानकारी दिएका छन् । आयोगले अर्को सुचना जारी गरेपछि मात्रै निर्वाचन हुने निर्वाचन अधिकृत शर्माले बताए ।