काठमाडौं, वैशाख ३० गते। हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिनुभयो।
जिल्लामा चार गाउँपालिका रहेको छ। जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामासमेत सुरु भएको उहाँले बताउनुभयो।
जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेका छन्। कूल चार हजार ६७ मत खसेको छ। गोरखापत्र
प्रतिक्रिया