काठमाडौंको शंखरापुर नगरपालिकामा मेयर पदमा एमालेको सुरूवाती अग्रता

काठमाडौंको शंखरापुर नगरपालिकामा मेयर पदमा एमालेको सुरूवाती अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा मेयर पदमा एमालेले सुरूवाती अग्रता लिएको छ।

शनिबार बिहान दिएको अपडेट अनुसार वडा नम्बर १को मत गन्दा मेयरमा एमालेका उम्मेदवारले ५९ मत पाएको छ।

एकीकृत समाजवादीका उम्मेदवारले ४४, नेकपा माओवादी केन्द्रका उम्मेदवारले २२ र नेपाली कांग्रेसका उम्मेदवारले ६ मत पाएका छन्। राप्रपाले पनि १७ मत पाएको छ।

यस्तै उपप्रमुखमा भने नेपाली कांग्रेसले ५५ मतले अग्रता लिएको छ। दोस्रो स्थानमा एमालेले ३७ मत, माओवादी केन्द्रले ३२ मत, एकीकृत समाजवादीले २३ मत र राप्रपाले १२ मत पाएको छ।

वडा नम्बर १ मा एमालेले ४३ मत, माओवादी केन्द्रले ४० मत, एकीकृत समाजवादीले ३७, नेपाली कांग्रेसले ३६ र राप्रपाले १० मत पाएको छ।