भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीको आग्रता

भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीको आग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर ।  भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सुरुआती अग्रता लिनुभएको छ । आज दिउँसोबाट सुरु गरिएको मतगणनामा सुवेदीले ४१ मत प्राप्त गर्नुभयो ।

यस्तै बामलोकतान्त्रिक गठबन्धनबाट प्रमुखको उम्मेदवार रहेकी रेनु दाहालले ३७ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आज अपराह्न ३ बजेसम्म गनिएका एक सय मतमा यो परिणाम आएको हो । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९ र राप्रपाकी हिमला गुरुङले ३५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै वडाध्यक्षमा नेकपा एमालेका शुक्र श्रेष्ठले ४२ मत र नेपाली कांग्रेसका केशव महर्जनले २९ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । रासस