काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकाको मेयर/उपमेयरमा नेकपा एकीकृत समाजवादी अग्रस्थानमा रहेको छ । सुरुवाति मतपरिणामअनुसार मेयरमा नेकपा एकीकृत समाजवादीका शम्भु साह २७२ मतसहित अग्रस्थानमा रहेका छन् ।
उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्ताले ६५ मतसहित पछ्याइरहेका छन् । त्यस्तै कांग्रेसका मोहनकुमार यादव ४१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादीकै शैलकुमारी साह २०१ मत ल्याएकी छिन् । त्यस्तै उपमेयरमा कांग्रेसकी शाहजान खातुनले ७६ मतसहित पछ्याएकी छिन् ।
प्रतिक्रिया