भरतपुर महानगरपालिकाको मतपरिणाम आउन १० दिन लाग्ने

भरतपुर महानगरपालिकाको मतपरिणाम आउन १० दिन लाग्ने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । शुक्रबार देशैभर भएको स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ ।

चर्चाको विषय बनेको भरतपुर महानगरपालिकामा शनिबार विहानदेखि मतगणना जारी छ । हालसम्म २ घण्टामा केवल १०० वटा मत गणना भएको छ ।

भरतपुरमा शुक्रबार करिब १ लाख २८ हजार मत खसेको छ ।

अहिलेसम्म एक स्थानमा मात्रै गणना भइरहेको छ । अब यसरी हेर्दा कम्तीमा पनि १० दिन लाग्ने देखिन्छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा पछि परेकी छन् । २०० मत बन्दा माओवादी केन्द्रकी उनले जम्मा ६८ मत पाएकी छन् ।
यस्तै विजयले ८२ मत पाएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत पाएका छन् ।

यसैगरी उपमेयरमा चित्रसेन अधिकारीले ८४ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५८ मत पाएकी छन् । अधिकारी काँग्रेसका उम्मेदवार हुन् भने हिमलालाई एमालेको समर्थन रहेको छ ।