भरतपुर महानगरमा रेनुसँग एमालेका विजयले मतान्तर घटाए

भरतपुर महानगरमा रेनुसँग एमालेका विजयले मतान्तर घटाए

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनको भरतपुर महानगरपालिकामा केहीबेर रोकिएर सुरू भएको मतगणनामा गठबन्धनकी रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

आफ्नो पार्टीको चुनाव चिह्न सूर्यमा लगाइएको छाप धमिलो भएको कारणले देखाएर बदर गरिदिएको भन्दै एमाले प्रतिनिधिहरूले विरोध जनाएपछि केहीबेर मतगणना रोकिएको थियो।हालसम्म ५६७७ मत गणना हुँदा रेनु दाहालले २००६ मत पाएकी छन्। उनलाई नजिकबाट पछ्याउँदै एमालेका विजय सुवेदीले १९५४ मत पाएका छन्।

कांग्रेसका बागी जगन्नाथ पौडेलले हालसम्म ६५१ मत पाएका छन्।

भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२०१ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १५७१ मत पाएकी छन्।