भरतपुर महानगरमा विजय सुवेदीलाई ७ मतको अग्रता

भरतपुर महानगरमा विजय सुवेदीलाई ७ मतको अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा एमालेका मेयर उम्मेदवार सुवेदी ७ मत अन्तरले अगाडि छन् ।

पछिल्लो परिणाम अनुसार सुवेदीले ४ हजार १४८ मत पाउँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ४ हजार १४१ मत पाएका छन् ।

नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७२१ मत पाएका छन् ।